अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा जिल्ला प्रहरी कार्यालयको आयोजनामा संचालन भएको प्र.ह./प्र.ज. लक्षित विशेष अनुशिक्षण (घुम्ती प्रशिक्षण) अन्तर्गत भिड नियन्त्रण तालिम समापन भएको छ ।
गता पौष ८ गते देखि आज पौष १३ गते शुक्रवारसम्म चलेको भिड नियन्त्रण तालिम समापनमा प्रमुख जिल्ला अधिकारी प्रेम लाल लामिछाने तथा प्रहरी प्रमुख प्र.ना.उ.नवराज मल्ल लगायतको उपस्थिती रहेको थियो ।