डिआरजी सुमन
अर्घाखाँची, सन्धिखर्क पौष १४ गते । स्वतन्त्र पत्रकार संघ अर्घाखाँचीको दोश्रो अधिबेशन सन्धिखर्कमा सम्पन्न भएको छ । कार्यवाहक अध्यक्ष अम्बिका बेल्वासे श्रेष्ठको अध्यक्षतामा सम्पन्न अधिबेशनमा केन्द्रिय अध्यक्ष कृष्ण प्रसाद बास्तोलाको प्रमुख आथित्यता विशिष्ट अतीथीमा भुमिकास्थान नगरपालिकाका नगर प्रमुख रेशम थापा सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिक.लगायतको उपस्थिती रहेको थियो ।
अधिबेशनको उद्घाटन गर्दै बास्तोलाले सत्य तथ्य र सन्तुलित समाचार संपेषण गर्नु नै स्वतन्त्र पत्रकारको धर्म भएको भन्दै पत्रकारलाई निडर भएर कलम चलाउन आग्रह गर्नुभयो । विशिष्ट अतिथि रेशम थापाले पत्रकार देशको चौथो अंग भएकाले स्वतन्त्र भई निष्पक्ष र निडर भई सत्यतथ्य कुराहरु मिडियामा ल्याउनुपर्छ उहाले भन्नु भयो यहाँ पत्रकार राजनीतिमा होम्मिएर आफ्नै पार्टिका समाचारलाई सहि र अन्यलाई गलत गराउने पनि देखिएकोले पत्रकार स्वतन्त्र हुनुपर्ने बताए ।
त्यस्तै सन्धिखर्क नगरपालिकाका उपप्रमुख बिकले समाजमा भएका कुनै पनि घट्नालाई हचुवाको भरमा समाचार बाहिर आउदा समाजमा नकारात्मक असर परेको भन्दै प्रत्यक्ष रुपमा रिपोर्टिङ गरि समाचार संपेषण गरेमा जिल्लाले गतिलिने बताउनु भयो ।
अधिबेशनले सर्वसहमतमा अम्बिका बेल्वासे श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ । क्रमशः उपाध्यक्ष , सचिव, सहसचिव , कोषाध्यक्षमा सुदिप केसि , शिव बेल्वासे ,सुमन अर्याल र अनिता भुसाल रहेका छन । त्यस्तै सदस्यहरुमा जनक पाण्डे , पार्वता अर्याल ,बिनिता परियार ,अशोक आचार्य ,चोलानाथ पौडेल ,पशुपति श्रेष्ठ मधुसूदन पाण्डे , टेकराज थापा ,युवराज थापा ,युवराज पौडेल रहेका छन ।
त्यस्तै अधिबेशनले प्रदेश पार्षदमा दिनेश गैरे , प्रदिप सुर्यवंसी र बिन्दु घिमिरे र केन्द्रीय पार्षदमा डिआरजि सुमन , विशाल पाण्डे र रिता भुसाललाई जिम्मा दिएको छ भने, कार्यक्रमा डिआरजी सुमनको स्वागत मन्तव्य सचिव शिव बेल्वासेको सञ्चालनमा सम्पन्न भएको थियो ।
संस्थाकाे स्थापनामा विशेष भुमिका निर्वाह गरेकाे भन्दै संस्थापक सदस्य हरि प्रसाद भुसाललाई कदर पत्र सहित सम्मान गरिएकाे थियो ।