अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क पौष १५ – जातिय समता समाजको बुटवलमा हुने राष्ट्रिय भेलामा अर्घाखाँचीका सबै पालिकाबाट प्रतिनिधिहरुको सहभागिता हुने भएको छ ।
राष्ट्रिय जनमोर्चा निकटको जातिय समता समाज अर्घाखाँचीको सनिबार सन्धिखर्कमा सम्पन्न बैठकले आसन्न पुष २० र २१ गते बुटवलमा हुने राष्ट्रिय भेलालाई सफल पार्न अर्घाखाँचीका सबै पालिकाबाट प्रतिनिधि सहभागी गराउने निर्णय गरेको हो ।
समाजका जिल्ला अध्यक्ष राजेन्द्र नेपालीको अध्यक्षता र सचिव राजु सुनारको संचालनमा सम्पन्न बैठकले मुलुकमा भइरहेका विभेद,बलत्कार,हत्या भ्रष्टचार,महगीं,कालोबजारीका बिरुद्ध रचनात्मक संघर्ष गर्ने,कतिपय सामाजिक अन्धविस्वांसका कारण अझैपनि जातिय छुवाछुतको समस्या रहेकोले सामाजिक सचेतनाका कार्यक्रम संचालन गर्ने लगायतका निर्णय भएको अध्यक्ष नेपालीले जानकारी दिनुभएको छ ।
मुलुकमा भइरहेको महगीं र सामाजिक विकृतिको चपेटामा मुख्यतया आम सर्वसाधारण जनता परेको निष्कर्ष निकाल्दै बैठकले यसका विरुद्ध बर्ग संघर्षलाई बलियो बनाउंदै लैजाने निर्णय समेत गरेको पत्रकार गोपाल प्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।