(२०७५ पौष १५, आइतवार)
श्याम घिमिरे अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले सरकारले सञ्चार माथि अङ्कुश लगाउनु लोकतन्त्र माथिको प्रहार भएको बताएका छन् । राज्यको चौथौ अगंलाई अन्य अंग संग मिसाउन नहुने बताउँदै आचार्यले पत्रकार महांसघ नागरिकहरुको हक अधिकार, पत्रकारहरुको हकहित, प्रेस स्वतन्त्रता, लोकतन्त्र र गणतन्त्रका लागि अनवरत रूपमा लडिरहेको बताए ।
नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाको १३ आंै साधारणसभा तथा नवनिर्मित भवनको शनिबार सन्धिखर्कमा उद्घाटन गर्दे आचार्यले समयमै संविधान निर्माण र चुनाव सम्पन्न गर्नका लागी महासंघले दबाब दिएको बताउदै राजनीतिक स्थिरता संगसंगै विकास निर्माणमा पनि पत्रकारहरुको सहभागीता रहेको बताए । आचार्यले स्थानीयतहले प्रेस स्वतन्त्रतालाई अङकुश लगाउनेगरी कानुन नबनाउन आग्रह गर्दै सञ्चार क्षेत्रलाई सेवामूलक रूपमा लैजानु पर्नेमा जोड दिए । देशमा संघीयता आएपनि सञ्चार क्षेत्रमा संघीयता नआएको भन्दै आचार्यले राज्यबाट प्राप्तहुने विज्ञापनलाई तीनैतहका सरकारले समानुपातिक र समाबेसी रुपमा बितरण गर्नुपर्ने बताए ।

कार्यक्रममा प्रदेश सभा सदस्य जालपा भुसाल, निर्मला क्षेत्री,नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष विपुल पोख्रेल, न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली, जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख पिताम्बर भुसाल, नगरपालिकाका कार्यबाहक नगरप्रमुख ठाकुरकुमार विक, शितगंगा नगरपालिकाका प्रमुख सुर्यप्रसाद अधिकारी, भुमिकास्थान नगरपालिकाका प्रमुख रेशम थापा, छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल, मालारानि गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्य, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, नेकपा नेता जनार्दन खनाल, नेपाली काँग्रेसका सभापति विष्णु मुस्कान, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष गोपाल पौडेल, राप्रपाका दिपक कुवँर, विवेकशील साझाका हरिप्रसाद भुसाल, परिवार दलका डिल्लीराज भुसाल, नयाँ शक्तिका गोकर्ण थापा,पत्रकार महासंघका प्रदेश अध्यक्ष मौसम रोका,पत्रकार महासंघका प्रदेश सदस्य शोभाखर पन्थी, पत्रकार महासंघ अर्घाखाँचीका संस्थापक अध्यक्ष विष्णु भुसाल, उद्योग वाणिज्य संघका अध्यक्ष युवराज श्रेष्ठ, पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सोही अबसरमा भवन निर्माणकार्यमा सहयोग पु¥याउने बिभिन्न ब्यक्ति र पत्रकारहरुलाई सम्मान समेत गरिएको हो । कार्यक्रम पत्रकार महासंघ अर्घाखाँची शाखाका अध्यक्ष हिमबहादुर जिसि लेकालको अध्यक्षता, उपाध्यक्ष गणेश खनालको स्वागत मनतब्य र सचिव सुर्यप्रसाद भुसालको सञ्चालनमा सम्पन्न भएको हो ।