अर्घाखाँची डट्कमका दिपक भुसालद्धारा जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण

डिआरजी सुमन

भर्तापुर,अर्घाखाँची (अर्घाखाँची डट्कम) अर्घाखाँची डटकम काठमाण्डौँ डेक्स प्रमुख ,अर्घाखाँची टाईम्स संवाददाता एवं पत्रकार महासंघ काठमाडौँका सदस्य दिपक भूसालको जन्म दिनको अवसरमा पाणिनी ५ मैदान भर्तापुर दुम्सीलामा रहेको बाल कल्याण आधारभूत विद्यालयमा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालयका प्रधानाध्यापक थमन सुर्यवंशीको अध्यक्षता रहेको कार्यक्रममा स्वतंत्र पत्रकार संघ नेपाल प्रदेश पार्षद प्रदिप सुर्यवंशीको प्रमुख आथित्यता जिल्ला समिती सदस्य जनक पाण्डेको विशिष्ट आथित्यतामा सम्पन्न कार्यक्रमको संचालन डिआरजी सुमनले गर्नु भएको हो ।

कार्यक्रममा विद्यालयमा अध्यनरत २० जना गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । भने प्रधानाध्यापक थमन सुर्यवंशीले यसरी विकट स्थानमा समेत पत्रकार पुगेर पत्रकारकै जन्म दिन मनाएकोमा आफुलाई उत्साह भएको भन्दै पत्रकार दिपक भुसाललाई धन्यवाद दिनु भयो । यसै अवसरमा स्वतन्त्र पत्रकारिता गरेको भन्दै भुसाललाई खादा र अविरलें सम्मान गरिएको थियो ।

अन्य समाचारहरु