खाचिकोटको फुदवाङमा साना किसानको १५ औ वार्षिक उत्सब सम्पन्न (तस्बिर सहित)
पौष १६ गते, २०७५ मा प्रकाशित
साना किसानको १५ औ वार्षिक उत्सब सम्बन्धि गिता के. सीको कबिता
सुर्य भुसाल
फुदवाङ (अर्घाखाँचीडट्कम संवाददाता )। साना किसान कृर्षि सहकारी सस्था लिमिटेड खाचिकोटको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ को फुदवाङमा १५ औ वार्षिक उत्सब भब्यताका साथ सम्पन्न भएको छ ।
सानाकिसान सहकारी सस्थाका अध्यक्ष लक्ष्मण कडेलको अध्यक्ष ता नगरप्रमुख कमल प्रसाद भुसालको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा सधिखर्क नगर उपप्रमुख ठाकुर कुमार बिक वार्ड नम्बर १ का अध्यक्ष युवराज बन्जाडे २ का अध्यक्ष मोतिजग रायमाझी वार्ड नम्बर ३ का अध्यक्ष लिलाराम गौतम वार्ड नम्बर ७ का अध्यक्ष पृर्तम बहादुर थापा कृर्षि बिकास बैकका म्यानेजर चिरञ्जीवी बस्याल वार्ड सदस्य बिस्नु प्रसाद भुसाल लेखा सयोजक बाबुराम पोख्रेल लगाएतका अतिथिहरुको सहभागीता रहेको थियो ।
सन्धिखर्क नगरपालिका वडा नं.७ निबासी बिष्णु के. सी ले आफ्नो ब्याउने गाईको रु ६२५ मा इन्स्योरेन्स गर्नु भएको र सो गाई मरेकोले सो इन्स्योरेन्स गरे बापत रु ३५ हजार प्राप्त गर्नु भएको छ।
दुग्धजन्य पदार्थको उद्योग संचालक कृष्ण प्रसाद चुँदालीलाई साना किसान कृषि सहकारी संस्था लि.खाँचिकोटले सम्मान गरेको छ ।