खनमा जालकाँडा बचत तथा ऋण सहकारीको १२ औं साधारण सभा सम्पन्न

बिष्णु खनाल
पौष १५, सन्धिखर्क । जालकाँडा बचत तथा ऋण सहकारी संस्था लिमिटेण मालारानी ४ खनको १२ औं साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष बालकृष्ण शर्मा आचार्यले गाउँपालिकामा भएका सहकारीलाई मजबुत बनाई रोजगारीको वातावरण श्रृजना गर्ने बताउनु भयो । 
सहकारीहरुलाई टिकाई राख्नका लागि पालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनु भयो । उहाँले सहकारीहरु नाफामुखी भन्दा पनि सेवामुखी हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खगेन्द्रराज मरासिनी, वडा नं. ४ का वडाध्यक्ष बिष्णु प्रसाद पोख्रेल लगायतले मन्तव्य राख्नु भएको थियो । 
साधारण सभामा २०७३/०७४ सालको एसईई परीक्षामा शेयर सदस्यका उत्कृष्ट हुने छोराछोरीलाई नगद तथा प्रमाणपत्रले सम्मान समेत गरिएको थियो । २०७३ सालको एसईई परीक्षमा प्रथम हुने लोकी बि.क.का छोरा कालिका नेरा माविका विद्यार्थी कृष्ण बहादुर बि.क., द्धितिय सीता खनालका छोरा किरण माविका विद्यार्थी विशाल खनाल, तृतिय गोविन्द खनालका छोरा किरण माविका विद्यार्थी आशिष खनाल यस्तै २०७४ सालको एसईई परीक्षामा प्रथम हुने झविलाल खनालका छोरी कालिका नेरा माविका विद्यार्थी अरुणा खनाल, द्धितिय सरस्वती खनालका छोरा किरण माविका विद्यार्थी विशाल खनाल र तृतिय पुष्पा खनालका छोरा किरण माविका विद्यार्थी अमृत खनाललाई सम्मान गरिएको हो । 
सभाले रेमिट सेवा सञ्चालन, ऋण लगानीमा ब्याज वृछि, सर्वसुलभ सेवा र संस्थामा आवद्ध हुनेहरुका लागि शेयर सदस्य खुल्ला राख्ने विभिन्न महत्वपुण निर्णय समेत गरेको छ । साधारण सभामा संस्थाको वार्षिक आयव्यय विवरण समेत प्रस्तुत गरिएको थियो । संस्थाको आर्थिक प्रतिवेदन भविश्वर खनालले गर्नुभएको हो । 
सहकारी अध्यक्ष रामजी प्रसाद शर्माको अध्यक्षता, उपाध्यक्ष झविलाल खनालको स्वागत र कोषाध्यक्ष भविश्वर पोख्रेलको संचालनमा कार्यक्रम सम्पन्न भएको हो । 

अन्य समाचारहरु