सन्धिखर्क नगरपालिकामा सहकारी सम्बन्धित अन्तरक्रिया कार्यक्रम सम्पन्न

सुर्य भुसाल 
सन्धिखर्क (अर्घाखाँचीडट्कम संवाददाता ) । टोलटोलमा सहकारी घर घरमा रोजगारी भन्ने मुल नारा सहित सहकारी सम्बन्धित सन्धिखर्क नगरपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम को एक भब्य समारोहबीच नगरप्रमुख कमल प्रसाद भुसालले उदघाटन गर्नु भएको हो । कार्यक्रममा बोल्दै नगरप्रमुख भुसालले सहकारिको जालो सबै वार्ड टोल बस्तिमा पुराई आर्थिक आयआर्जनका कामहरु गर्ने गरि अगाडि बढनुको बिकल्प नभएको बताउनु भयो ।
कार्यक्रममा नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिक प्रमुख प्रसासकिय अधिकृत निरज पौडेल य‍जना अधिकृत गोबिन्द केसी पत्रकार महासघका केन्द्रीय सदस्य लेखनाथ न्यौपाने नासु बिनोद कुवर लगायतको सहभागिता रहेको थियो । 

अन्य समाचारहरु