सुर्य भुसाल
मैदान, अर्घाखाँची (अर्घाखाँचीडट्कम संवाददाता ) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका ५ मैदान भर्तापुर मोटरबाटो पुगेको छ ।
सबैभन्दा बिकट मानिने खुर्साने भर्तापुरमा मोटरबाटो पुगेपछि यहाँका स्थानिय अत्यान्तै खुसी भएका छन ।
बाटोको एक भब्य समारोहबीच गाउँपालिकाका अध्यक्ष अच्युत गौतम र उपाध्यक्ष लक्ष्मि गौतमले रिबन काटेर उदघाटन गर्नु भएको हो ।
गाउँपालिकाको लगानिमा खनिएको बाटोबाट सयौं घरपरिवार लाभान्वित भएका हुन । कार्यक्रममा प्रमुख प्रसासकिय अधिकृत जनक पन्थि लगायतको सहभागीता रहेको थियोे ।
अहिलेसम्म बत्ती, बाटो न पुगेको ठाउँ डाँडापारीको भर्तापुरमा बाटो पुराइ बाटोको सन्चालन गरिएको भन्दै जनप्रतिनिधिहरुलाई स्थानियले भब्य स्वागत गरेका थिए ।