सन्धिखर्ककाे युवा वर्ष जनता रवि चित्र मावि हटारिनेटामा निर्माणाधिन भवन शिलन्यास कार्यक्रम सम्पन्न

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीको  युवा वर्ष जनता रवि चित्र माध्यमिक विद्यालय सन्धिखर्क नगरपालिका १ हटारिनेटाकाे  निर्माणाधिन भवनकाे शिलन्यास कार्यक्रम  सम्पन्न भएकाे छ ।
शिलन्यास विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष धर्मराज अधिकारी,प्रमुख अतिथि ५ नं.प्रदेश सदस्य माननीय रामजी प्रसाद घिमिरे,र बिशिष्टअतिथि सन्धिखर्क नगर प्रमुख कमल प्रसाद भुसालले संयुक्त रूपमा गर्नु भएकाे छ ।
४काेठाकाे नीर्माणाधिन भवनकाे आर्थिक सहयाेग जिल्ला आयाेजना कार्यान्वयन ईकाई अर्घाखाँचीले गरेकाे छ । ६६लाखकाे अनुदान प्राप्त भवन भुकम्प शुरक्षीत बन्ने भएकाे छ।
उक्त शिलन्यास कार्यक्रम मा प्रमुख अतिथि  रामजी प्रसाद   घिमिरेले गुणस्तरीय शिक्षा प्रदान गरि  ख्याती प्राप्त गर्न सफल विद्यालयले भवन निर्माणमा पनि  गुणस्तरीयता कायम गरि  प्रशंसा प्राप्त गर्न सकाेस् भन्दै शुभकामना ब्यक्त गर्नु भयकाे छ ।   विशिष्ट अतिथि कमल  प्रसाद भुसालले स्थानीय तहबाट विद्यालय लाई सहयाेग रहिरहने प्रतिबद्धता ब्यक्त गर्नु भएकाे छ । 
 
 जिल्ला कार्यान्वायन ईकाई  अर्घाखाँचीका अायाेजना ब्यबस्थापक बलराम मिश्रले समयमै भवन निर्माण कार्य सम्पन्न गर्न  अनुराेध गर्नु भयाे ।कार्यक्रममा  शिक्षा समन्वय ईकाई प्रमुख मनिराम पराजुली ,सनपा १ वडा अध्यक्ष युवराज बन्जाडे ,विद्यालय पुर्व प्र .अ . प्रेमनारायण भुसाल ,.ब्यबस्थापन समिति ,समाजसेवी ब्यक्तित्व ,शिक्षक ,विद्यार्थीहरूकाे उल्लेख्य उपस्थिति रहेकाे थियाे ।
   शिलान्यास कार्यक्रम काे सन्चालन विद्यालय प्रअ टेकराज आचार्यले गर्नु भएकाे थियाे ।

अन्य समाचारहरु