अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची पुष–१८ । अखिल नेपाल महिला संघ सन्धिखर्क–१ को वडा अध्यक्षमा जुना सुनार निर्वाचित हुनुभएको छ ।
राजमो निकट अनेम संघ सन्धिखर्क–१ को दोस्रो भेलाले अध्यक्ष सुनारको नेतृत्वमा १३ सदस्यिय वडा समितिको सर्वसहमत गठन गरेको हो ।नव गठित समितिको उपाध्यक्षमा मिना के.सी.,सचिव सरस्वती नेपाली,सह–सचिव शारदा गैरे र कोषाध्यक्षमा रामकला पौडेल चयन हुनुभएको आयोजकले जनाएको छ ।
महिला नेत्री तुलसा भुसालको अध्यक्षता,गांगा भट्टराईको स्वागत मन्तव्य र जुना सुनारको संचालनमा सम्पन्न वडा भेलालाई सम्बोधन गर्दै अनेम संघ जिल्ला अध्यक्ष कल्पना पोख्रेलले बलात्कारीलाई राज्यले नै मेरो मान्छे भनेर संरक्षण गर्नु बिडम्बना भएको बताउनुभएको छ ।अदालत सम्म पुगेका धेरै घटनामा समेत राजनितिक दबाब र सरकारको संरक्षणका कारणले पीडित भएर पनि न्यान नपाएको अवस्था रहेको अध्यक्ष पोख्रेलको दाबी छ ।
सन्धिखर्क १ का महिला नेतृ तथा कार्यकर्ताको उल्लेख्य सहभागितामा सम्पन्न कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला कोषाध्यक्ष यमलाल पोख्रेल,अन्टुक जिल्ला अध्यक्ष सिद्धि भट्टराई,जातिय समता समाजका जिल्ला अध्यक्ष राजेन्द्र नेपाली र अनेम संघ सन्धिखर्क नगर अध्यक्ष मिना वि.सी.ले मन्तव्य राख्दै बेरोजगारी र ब्यबहारिक सचेतनाको अभावमा मुलुकमा बिभिन्न अपराधिक घटनाले बढवा पाउंदै गएको भन्दै समाजका सबैखाले अपराधिलाई राज्यले तत्काल कार्बाही गर्नुपर्नेमा जोड दिनुभएको पत्रकार गोपाल प्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।