बालशिक्षा मावि ढाकावाङ्गमा स्वास्थ्य सम्बन्धि सरसफाइ उन्मुख कार्यक्रम सम्पन्न

माधव खनाल

ढाकावाङ्ग,अर्घाखाँची, भुमिकास्थान नगरपालिका वडा न १ को आयोजना र ढाकावाङ्ग स्वास्थ्य चौकीको सह आयोजनामा स्वास्थ्य सम्बन्धि सरसफाइ उन्मुख कार्यक्रम बालशिक्षा माध्यमिक विद्यालय साम्नेगाउमा सम्पन्न भएको छ ।

भुमिकास्थान नगरपालिका वडा न १ का वडाअध्यक्ष भोजराज खनालको प्रमुख आतिथ्यतामा रहेको कार्यक्रममा ढाकावाङ्ग स्वास्थ्य चौकिका अहेव तिलक भट्टराईको बिशेश उपस्थिति रहेको थियो कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि खनालले मानिसको स्वास्थ्यमा सरसफाइको निकै ठूलो महत्त्व हुनाले आजै देखि आफ्नो आफ्नो घरआगन देखि लिएर आफ्नो टोल आफ्नो समाज अनि आफ्नो नगर आफै सफा बनाउने अभियानमा जुट्न सबैलाई आग्रह गर्नुभएको थियो साथै उहाले सरसफाइ सम्बन्धि वडाकार्यालय बाट सक्दो सहयोग गर्ने वचन पनि ब्याक्त गर्नुभएको छ ।
कार्यक्रममा ढाकावाङ्ग स्वास्थ्य चौकिका अहेव तिलक भट्टराईले स्वास्थ्य सम्बन्धि सरसफाइ उन्मुख कार्यक्रमको बारेमा प्रकाश पार्नुभएको थियोे भने कार्यक्रममा समाज सेवि मेघराज खनाल शिक्षक युवराज खनाल शिक्षक हिमाल खनाल ले सरसफाइ सम्बन्धि मन्तव्य राख्नुभएको थियो ।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कासिराम गमालको अध्यक्षता विद्यालयका शिक्षक हिमाल खनालको स्वागत मन्तव्य र शिक्षक लक्ष्मण खनालको सञ्चालन सम्पन्न कार्यक्रममा ढाकाबाङ्ग प्रहरी चौकिका प्रमुख कमल राना सामाजिक स्वास्थ्य इकाइ कि प्रमुख शान्ता पुन लगायतको उपस्थिति रहेको थियो भने सोही कार्यक्रमको अवसरमा सरसफाइ समन्वय समिती पनि गठन गरिएको छ ।

समितिको संयोजक कासिराम गमाल सदस्य सचिव हिमलाल खनाल र सदस्यहरुमा मेघराज खनाल ,जनक खनाल,रेसम भट्टराई ,आसा खनाल शिबकला थापा ,कृष्णा गमाल, संगिता खनाल ,कमला खनाल ,बेम बहादुर घर्ती ,लिल बहादुर घर्ती ,चुरामणी भुसाल ,रोमलाल राउत, तुल्सिराम खनाल रहनुभएको छ ।

अन्य समाचारहरु