अशोक खनाल
सम्धिखर्क । कृषि बिकास बैंक शाखा कार्यलय अर्घाखाँची को आयोजनामा १ दिने बितिय साक्षरता तथा गैर कोषमा आधारित कारोबार सम्बन्धित ग्राहक अन्तरक्रिया कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ ।
क्षेत्रीय कार्यलयका निर्देशक मिनराज पोखरेलको प्रमुख आथीत्यथामा सम्पन्न कार्यक्रममा स.न.पा.१का वडा अध्यक्ष युबराज बन्जाडे ,२का वडा अध्यक्ष मोति जङ रायमाझी ३ का अध्यक्ष लिलाराम गौतम ,हेभी इकुप्मेन्ट महासङ का केन्द्रिय उपाध्यक्ष बसन्त भुसाल ,निर्माण ब्याबसाही सङ का जिल्ला अध्यक्ष ऋषि राम अधिकारी ,उद्योग बाणिज्य संघ का अध्यक्ष युबराज श्रेष्ठ ,बरिस्ठ उपाध्यक्ष नेत्र प्रसाद भुसाल ,चेम्बर अफ कमर्स का जिल्ला अध्यक्ष अशोक श्रेष्ठ लगायत को उपस्थिति रहेको थियोे ।
कार्यक्रम मा मन्त्ब्य राख्दै प्रमुख अतिथि मिनरज पोखरेल ले भन्नू भयो कृषि बिकाश बैंक ले सामान्य किसानहरु को निम्ति सामान्य प्रोपोजल्को आधार मा कर्जा प्रबाहा गरिरहेको ,सामान्य ब्याबसाही को हक हित मा काम गरेको ,कर्मचारी हरुको तलबी खातामा बचत पैसाको ५% ब्याज दिएको सबारि साधन तथा हेभी इकुप्मेनट मा बिना धितो ऋण प्रवाह गरेको एउटै फम वा ब्यक्ति लाई उसको कार्य कुशलता को आधार मा ५ अरब सम्म प्रबाह गर्न कृषि बिकास बैंक सक्षम रहेको दाबा गर्नु भएको थियोे ।
सोही कार्यक्रम मा ३ वटै वडाका अध्यक्षहरु युबराज बन्जाडे , मोती जङ रायमाझी , लिलाराम गौतम , उद्योग बाणिज्य संघ का अध्यक्ष युबराज श्रेष्ठ ,निर्माण ब्याबसाही का अध्यक्ष ऋषि राम अधिकारी लगायतका बक्ता हरुले शुभकामना मन्त्ब्य राखनु भएको थियो ।
कार्यक्रम मा जिल्ला शाखा का प्रमुख चिरञ्जीवी बस्याल ले जिल्ला शाखा को गतिविधि माथि प्रकाश पर्नुका साथै ग्राहक हरुलाइ आफ्नो शाखा मा ५ मिनेट पनि कुनै कामको लागी कुर्नु नपरेको दाबा गर्दै शाखाले विभिन्न ३८ वटा प्रोड्क्ट हरुमा लगानी गरिरहेको उल्लेख गर्नु भयो।
करिब ५० जना उधोगी ,ब्यापारी ,निर्माण ब्याबसाही सम्मिलित कार्यक्रम को सन्चालन गुर प्रसाद घिमिरे स्वागत मन्त्ब्य मधुसूदन पराजुली र अध्यक्षता चिरञ्जीवी बस्याल ले गर्नु भएको थियोे ।