श्याम घिमिरे
सन्धिखर्क पौष २० – जनशान्ती आधारभुत बिद्यालय सन्धिखर्क ८ किमडाँडाको भौतिक ब्यबस्थापनलाई सहयोग गरेको भन्दै स्थानीय शिक्षाप्रेमी एंव पुर्ब शिक्षक देबबहादुर राना र उहाँकी श्रीमति रीता रानालाई बिद्यालयले एक कार्यक्रमको आयोजनागरी सम्मान गरेको छ । आफ्ना स्वर्गीय मातापिताको सम्झनामा रानाले करीब पचास हजार बराबरको ३२ ईन्चको एल.ईडी टि.भि बिद्यालयलाई प्रदान गर्नुभएको हो ।
सन्धिखर्क नगरका श्रोतब्यक्ती युबराज भुसालको प्रमुख आतिथ्यता बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष नेत्रबहादुर थापाको अध्यक्षता शिक्षक कृष्णप्रसाद मरासीनिको स्वागत मनतब्य प्रअ निर्मला भुसालको धन्यबाद ज्ञापन र शिक्षक दिपक श्रेष्ठको सन्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।
सोही अबसरमा जनज्योति माबि चुत्राबेसीबाट अभ्यास शिक्षणमा गएका बिद्यार्थीहरुलाई बिदाई समेत गरीएको बिद्यालयले जनाएको छ ।