जलुकेको भाडगाँउमा नमस्तेको टाबर जडान कार्य सम्पन्न

Image result for जलुके arghakhanchi
जलुकेको लामाताल
श्याम घिमिरे 
पौष १९ अर्घाखाँची – नेपाल टेलिकम अर्घाखाँचीले सितगंगा नगरपालीका वाडनम्बर ७ जलुकेको भाडगाँउमा नमस्तेको टाबर जडान कार्य सम्पन्न गरेको छ । 
टाबर जडान पश्चायत सितगंगा नगरपालीका वाडनम्बर ९,१० त्यस्तै जलुकेको लामाताल,दमारबेसी ऐरावति र प्युठानका केही भागका सेबाग्राहीहरुले प्रत्यक्ष रुपमा फाइदा लिने टेलिकम अर्घाखाँचीका प्रमुख गोबिन्द पराजुलिले जानकारी दिनु भयो ।
लामो समयसम्म सञ्चारको पहुँचले छुन नसकेको उक्त ठाउका स्थानीयहरु टाबर जडान पछी खुसी भएको पराजुलीले बताउनु भयो । 
यसैबिच टेलिकम अर्घाखाँचीले भोली सुक्रबार सितगंगा नगरपालीका वाडनम्बर ७ मा जनप्रतिनिधि तथा सर्बसाधारणहरुलाई निशुल्क सिमकार्ड बितरणगर्ने पनी जनाएको छ ।

अन्य समाचारहरु