जुकेनाको श्री शिवादह मावी शिवादहमा बाबुआमाको स्मृतिमा प्रवेशद्वार निर्माण

अर्घाखाँचीडट्कम संवाददाता 
शिवादह अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितागंगा नगरपालिका वाड नम्बर ६ जुकेनाको शिवादह स्थित श्री शिवादह मावीमा बाबुआमाको स्मृतिमा प्रवेशद्वार निर्माण भएको छ । 
शिवादह मावीमा स्वर्गीय माता भदृकला पौडेल र बुवा गिरिराज पौडेल स्मृतिमा लालमणि पौडेलले प्रवेशद्वार निर्माण गरेका हुन् । 
स्मृति प्रवेशद्वारको एक कार्यक्रमका बिच विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सागर परियारले उद्घाटन गरेका थिए । 
कार्यक्रम बिधालय ब्यबस्थापन समितिका अध्यक्ष सागर परियारको अध्यक्षता प्रमुख, अतिथि लालमणी पौडेल जनप्रतिनिधिहरु स्थानीय बासिन्दा विद्यार्थीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।
प्रमुख अतिथी लालमणी पौडेललाई अबिरयात्रा,माल्यार्पण,कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।   

अन्य समाचारहरु