विन्दु घिमिरे
ढिकुरा, अर्घाखाँची २० पुस । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालीका वार्ड नम्बर ९ ढिकुरा स्थित ढिकुरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औ साधारण सभा सम्पन्न भएको छ ।
भुमिकास्थान नगरपालीकाका नगरप्रमुख रेशम थापाले कार्यक्रमको उद्धघाटन गर्दै सहकारीको विकास सँगसँगै कृषिमा नमुना गाउँ बनाउँन सकिने बनाए । उनले भुमिकास्थानलाई समृद्ध नगरपालीका बनाउनका लागी सहकारीको नाम झजाएर काम नगर्ने सहकारीको अन्त्य गर्नुपर्ने बताए ।
कार्यक्रममा भुमिकास्थान ९ का वडा अध्यक्ष नारायण प्रसाद खनाल, ढिकुरा काठमाडौ समाजका अध्यक्ष कृष्ण प्रसाद पोख्रेल , वडा सदस्य हुमाकान्त पौडेल, देबी प्रसाद पोख्रेल, गंगाजबुना सहकारीका अध्यक्ष रेमकला खत्री, महाभारत सहकारीका अध्यक्ष दिपक खाशु, साना किसान सहकारी संस्थ का अध्यक्ष नमकला चुदाली, ढिकुरा स्वास्थ्य चौकीका इन्चार्ज भरत भुसाल, भगवती मावीका प्रअ कृष्णप्रसाद खनाल, भुमिकास्थान नगरपालीका कम्प्युटर अपरेटर नारायण प्रसाद बन्जाडे लगाएतले शुभकामना राखे ।
कार्यक्रममा सहकारीका कोषाध्यक्ष ताराप्रसाद घिमिरे र गणेश प्रसाद पोख्रेलले आर्थिक प्रतीबेदन प्रस्तुत गरे । सहकारीका अध्यक्ष खेमराज चुदाँलीको अध्यक्षता, उपाध्यक्ष गिरी प्रसाद पोख्रेलको स्वागत र सचिव मोतीप्रसाद भट्टराईको सञ्चालनमा सम्पन्न भयो ।