अर्घाखाँचीडट्कम संवाददाता
सलेन्धारा, अर्घाखाँची २० पुस । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालीका वार्ड नम्बर ७ नुवाकोटको सलेन्धारा- पान्डाँडामा रहेको श्री जनसेवा आधारभूत बिद्यालयको पर्खाल तथा नाली निर्माण कार्य सम्पन्न भएको छ।
सलेन्धाराको श्री जनसेवा आधारभूत बिद्यालयको वार्ड नं ७ काे अनुदानमा २२ मिटर पर्खाल तथा नाली निर्माण कार्य सम्पन्न भएको हो ।
पर्खाल तथा नाली निर्माण कार्यका लागि वार्ड नं ७ ले एक लाख रुपैया अनुदान दिएको थियो ।