अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क पौष २१ अर्घाखाँची- नेपाल तरुण दल अर्घाखाँची–काठमाडौ सम्पर्क समितिका अध्यक्ष अर्जुन पोखरेलले शिक्षाको महत्व बेग्लै भएकाले विद्यार्थीहरुलाई राम्ररी पढन र घरमा पनि पढने वातावरण बनाइदिन अभिभावकलाई आग्रह गर्नुभयो । पढेपछि देसको उच्च तहमा पुगेर जनताको पक्षमा काम गर्ने, सुखी र खुसीको लागि परिवारभित्र शिक्षित व्यक्ति हुनुपर्ने बताउनुभयो ।
आफनो ३५ औं जन्मदिनको अवसरमा पाणिनी गाउँपालिकाका ६ वटा विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री बितरण गर्नुभयो । धेरैले आफनो जन्मदिन घर र होटलमा मनाएर फजुल खर्च गर्छन । उहा“ले विद्यार्थीको हातमा कापी, कलम र ब्याग दिएर मनाउनुभयो ।
पाणिनिको गोपालसिद्ध आधारभूत विद्यालयका १३ विद्यार्थीलाई स्कुल ब्याग, कापी, कलम, गोरक्षनाथ आधारभूतका ५ विद्यार्थी, नेरामाविका १०, पाणिनि आधारभूतका ३०, सरस्वती माविका ५ र सत्यटारी आधारभूतका ५ गरिब तथा जेहेन्दार विद्यार्थीलाई स्कुलमा एक समारोहका बीच शैक्षिक सामाग्री हस्तान्तरण गरी मनाउनुभयो ।
हालका विद्यार्थी जस्तै आफुले स्कुल पढदाको स्मरण गर्दै विद्यार्थीलाई पढन सहज होस भन्ने उद्देश्यले जन्मदिन होटलमा फजुल खर्च नगरी विद्यार्थीलाई स्टेशनरी दिएर मनाएको बताउनुभयो । पढदा पैसा हुदैन । समस्या हुन्छ । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई शैक्षिक सामाग्रीले पढाइलाई निरन्तरता दिन सजिलो होस भनेर सामाग्री वितरण गरेको पोखरेलले बताउनुभयो । यो अभियानको शुरुवात भएको उहाको भनाई छ ।
पोखरेललाई शिक्षक, अभिभावक र विद्यार्थीले स्कुलमा फुलमाला, खादा र टीका लगाइदिएर स्वागत गर्दै उज्ज्वल भविष्यको कामना गरेका थिए । सन्धिखर्कमा कांग्रेस सभापति विष्णुप्रसाद खनाल मुस्कान, उपसभापति शान्ता भण्डारी, तरुण दलका अध्यक्ष नारायण खडका, नेविसंघका अध्यक्ष भरत भटराई नेपाल प्रेस युनियनका सभापति वीरेन्द्र केसी लगायतले जन्मदिनको अवसरमा उज्ज्वल भविष्यको कामना गरेका थिए ।