पकले
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क पौष २१ अर्घाखाँची- माउन्टेन इङ्गिलस बोडिङ्ग स्कुल सन्धिखर्क–८,किमडांडा पकलेमा अध्ययनरत २३ जना विद्यार्थीलाई आज एक कार्यक्रमको बिच सम्मान गरिएको छ ।
विद्यालयको देस्रो त्रैमासिक परिक्षाको परिक्षाफल सार्वजनिक गर्न आयोजना गरिएको एक समारोहमा विद्यार्थीले गरेको सास्कृतिक प्रस्तुतीबाट प्रभावित भएर अभिभावक इन्दु अधिकारीले सम्मान गर्नुभएको हो । वैदेशिक रोजगारीबाट आउनुभएकी अधिकारीले बालबालिकाको हौसला बढाउने उदेश्यले सांस्कृतिक कार्यक्रममा सहभागी सबै २३ जना विद्यार्थीलाई नगद पुरस्कारले सम्मान गर्नुभएको विद्यालयले जनाएको छ ।
विद्यालयका अध्यक्ष लोकनाथ भुसालको अध्यक्षता,शिक्षक राधा रायमाझीको स्वागत मन्तव्य र एल.वि.थापा अपारको संचालनमा सम्पन्न कार्यक्रममा प्रिन्सीपल बावुराम पौडेल,शिक्षक शोभ खत्री,कमल प्रसाद भुसाल,प्रमुख गैरे,मधु कुंवर अभिभावक विष्णु भुसाल र प्रतिक्षा के.सी.ले मन्तव्य राख्नुभएको थियो । यसैबिच सोही कार्यक्रमको अवसर पारेर विद्यालयको प्रकाशन कुशुम दर्पण भित्ते पत्रिकाको लोकार्पण समेत गरिएको हो ।