सन्धिखर्कमा नेपाल मगर संघ अर्घाखाँचीको खानपानसहितको कार्यक्रम सम्पन्न

बिष्णु खनाल
पौष २१, सन्धिखर्क । मगर समुदायमा यति वेला माघी पर्व अर्थात माघे सक्रान्तिको रौनक छाएको छ । यसै अवसरमा नेपाल मगर संघ अर्घाखाँचीले खानपानसहितको कार्यक्रम शनिवार सन्धिखर्कमा सम्पन्न गरेको छ । 
नेपाल मगर संघको कार्यालय सन्धिखर्कमा सम्पन्न भएको कार्यक्रममा मगरहरुको मौलिक खाना बटुक, सेलरोटी, ठोकनी रोटी, अचार तथा पेय पदार्थ लगायतका खानाका परिकारहरु समेत मगर दाजुभाई, दिदीबहिनीहरुको उपस्थितिमा प्रदर्शनि समेत गरिएको थियो । कार्यक्रममा मन्तव्य राख्ने वक्ताहरुले माघे संक्रान्ति पर्वको अवसरमा राज्यले सार्वजनिक विदा दिनुपर्ने माग समेत गरेका छन् ।
यसअघि यस पर्वलाई राज्यले सार्वजनिक विदा दिन र पर्वलाई समाजमा स्थापित गर्न भन्दै दवाव स्वरुप अर्घाखाँचीका विभिन्न स्थानमा साँस्कृतिक कला सहितको झाँकी प्रदर्शन समेत सम्पन्न गरेको थियो । 
जिल्ला अध्यक्ष नेत्र थापामगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला सल्लाहाकार सदस्य विमलाल घर्तीमगर, जिल्ला सदस्य बसन्ता सारुमगर लगायत एक सयभन्दा बढी मगर दाजुभाई, दिदीबहिनीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम सल्लाहाकार सदस्य खेम बहादुर घर्तीमगरको स्वागत र जिल्ला सदस्य इन्द्र बहादुर गेलेङ्गको संचालनमा सम्पन्न भएको हो ।

अन्य समाचारहरु