वाङ्लाको बलेवाङ्म पर्यटकिय स्थल ओझेलमा पर्दै

दिपक भुसाल
बलेवाङ ।  आर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ५ वाङ्लाको बलेवाङ्ममा रहेको पर्यटकिय  स्थल व्यवस्थित नहुँदा ओझेल पर्दै गएको छ । 
 केहिसमय अगिसम्म जिल्लाकै चर्चित पिकनिक स्पोटको रुपमा रहेको यस क्षेत्र  अहिले  स्थानीय सरकार र जनप्रतिनिथि बेवास्थाको कारण  ओझेल पर्दै गएको हो । 
चुनावको बेला भोटको लागि जनप्रतिनिथिहरुले यस क्षेत्रलाई पिकनिक स्थल मात्र नभएर खेलकुदसंगै पर्यटकिय स्थलको रुपमा बिकास गर्ने भाषण गरे पनि अहिले सम्मा कुनै पनि काम नगरेको स्थानीय  गुनासो गरेका छन ।  ढोरपाटन सडकबाट जम्मा पाँच संय मिटर भन्दा पनि नजिक रहेको र पाणिनी गाउँपालिका ८ मा रहेको चर्चित सानों सुपा भनेर चिनिने सुपादेउराली मन्दिर देखि नजिकै रहेको यस स्थललाई बेवास्था गरिएको छ ।    
यस क्षेत्र  पुस माघ महिनामा दैनिक ५/६ टोली पिकनिक गर्ने आउने गर्छन । यहाँ पानी शौचालयको समस्या पनि रहेको छ । 
यहाँको संरक्षणका लागि भन्दै सामाजिक युवा क्लब पनि खोलिएको थियो । तर क्लबका युवा बाहिर हुँदा निस्कृय रहेको छ । उता यहाँ पिकिनिक वनभोज आउने जिल्लाबासीले यस क्षेत्रलाई व्यवस्थित गर्न सम्बन्धित निकायलाई अनुरोध गरेका छन् ।    

अन्य समाचारहरु