अर्जुन भुसाल
काठमाडौं । पत्रकार शिवहरि घिमिरेद्वारा लिखित ‘होचो ढोका’ नामक पुस्तकको काठमाडौंमा एक भव्य कार्यक्रमका बीच लोकार्पण गरिएको छ ।
अर्घाखाँची जिल्लाको भुमिकास्थान ९ ढिकुरामा जन्मभै हाल काठमाडौंमा पत्रकारिता गर्ने शिवहरि घिमिरेद्वारा लिखित ‘होचो ढोका’ पुस्तकको पूर्व उपप्रधानमन्त्री तथा अर्घाखाँची जिल्लाका प्रतिनिधि सभा सांसद टोपबहादुर रायमाझीले लोकार्पण गर्नुभयो ।
कार्यक्रममा इतिहास तथा संस्कृति विद् सत्यमोहन जोशी, पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव डा गोविन्द टण्डन, पाटन उच्च अदालतका न्यायाधीश बासुदेव आचार्य, नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइटेल, लेखककी आमा खुमकला घिमिरे, अभिनेता सुनिल थापा, अभिनेत्री ऋचा शर्मा, कलाकार कमल सौराग,नेपाल सरकारका अधिकृतहरु नारायण खत्री, विष्णु आचार्य लगायतको आतिथ्यता रहेको थियो ।