अनिल नेपाली
सन्धिखर्क । पतंजली योगसमिति अर्घाखाँचीको आयोजनामा आज सदरमुकाम सन्धिखर्कमा भैलो सभापन तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा मन्तब्य राख्ने बक्ताहरुले स्बास्थ्य र दिर्घजिबनको लागि योगको महत्वपूर्ण भूमिका रहेको बताए मानब जिवनको निक्कै महत्व रहेको बताउर्द बक्ताहरुले आहार विहार योग र साधनले मानिसको जीवन सुखी र खुुसी हुने बताए ।
यसरी मन्तब्य राख्नेहरुमा उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठ जिल्ला अध्यक्ष युवराज श्रेष्ठ नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष हिम बहादुर जि.सी लेकाली पतञ्जली योग समितिका केन्द्रिय सदस्य शान्ता खत्री लगायत हुनुहुन्थ्यो ।
पंतजली योग समितिका जिल्ला अध्यक्ष प्रेमनारायण खनालको अध्यक्षता र जनक बस्यालको संचालनमा सम्पन्न कार्यक्रममा पुस्तक तथा स्टेशनरी व्यबसायी संघका जिल्ला अध्यक्ष नेत्र प्रसाद भुसाल हेबीइक्युमेन्टका केन्द्रिय उपाध्यक्ष बसन्त भुसाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष शोभाखर पन्थी लगायतले समेत मन्तब्य राख्नुभएको थियो ।