बाँगीमा भिरबाट लडेर एक जनाको मृत्‍यु

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ५ को बाँगीमा भिरबाट लडेर एक  जनाको मृत्‍यु भएको छ । 
बाँगी  गुराँसेका ४६ वर्षिय प्रेम विकको शनिबार मृत्‍यु भएको हो । विकको तिमिले धनाकाटे भन्ने भिरबाट लडेर गम्भीर घाइते भै जिल्ला अस्पताल ल्याउने क्रममा निधन भएको थियो । 
उनको शब पोस्ट्मार्टमका लागि जिल्ला अस्पताल सन्धिखर्कमा राखिएको छ । 
यस्तै  बाँगी कै कर्नमारेका ३७ वर्षिय उमेश खड्का उपचारका क्रममा निधन भएको छ । काठमाडौं बस्ने उनी चुत्राबेशी दिदीको घरमा आएको बेला अचानक विरामी भएका थिए । 

अन्य समाचारहरु