अर्घाखाँचीमा कृषि र पशु प्राविधिकले बुझाए प्रधान मन्त्री र मुख्य मन्त्रीलाइ ज्ञापनपत्र

प्रेमनारायण आचार्य 
सन्धिखर्क, अर्घाखाँची २२ पुस । नेपाल कृषि तथा भेटेरिनरी प्राविधिक हकहित संरक्षण समिति जिल्ला कार्य समिति अर्घाखाँचीले प्रधान मन्त्री र मुख्य मन्त्रीलाइ आज ज्ञापनपत्र बुझाएको छ । 
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने मार्फत प्रधान मन्त्री र पाँच नम्वर प्रदेसका मुख्य मन्त्रीलाइ दुइ बुदे माग राखी ज्ञापन पत्र बुझाइएको हकहित संरक्षण समितिका जिल्ला अध्यक्ष प्रदिप आचार्यले बताउनु भयो । 
कृषि प्रधान देसमा काम गर्ने कृषि तथा पशु प्राविधिकहरुलाइ लोक सेवा आयोगको मापदण्डका आधारमा करारमा छनोट भइ हाल स्थानीय तहमा खटिएका कृषि तथा पशु सेवा प्राविधिकलाइ स्थानीय तहमा दरबन्दी कायम गरि स्वतः स्थायी गर्नु पर्ने र ति एसएलसी, कृषि, भेटेरिनरी, अमिन लगायतका प्राविधिक पद कायम गरि खुल्ला विज्ञापन मार्फत पदपुर्ती गर्नु पर्ने माग सहित ज्ञापन पत्र बुझाएका हुन । 

अन्य समाचारहरु