चौथो अर्घाखाँची महोत्सवको व्यापक विरोध, व्यक्तिगत आर्थिक लाभ लिन महोत्सव


अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा गर्न लागिएको चौथो अर्घाखाँची महोत्सवको व्यापक विरोध भएको छ ।
चरम असन्टुष्टी बिच अर्घाखाँची उद्योग वाणिज्य संघको आयोजनामा पुस २७ गतेदेखि माघ ८ गते सम्म सन्धिखर्क १ को कुडुले फाटमा हुने भनिएको कृषि उद्योग व्यापार पर्यटन तथा साँस्कृतिक महोत्सवको स्थानिय व्यापारी, जिल्लाका कृषक, संघ-संस्थाले विरोध गरेका हुन् ।
व्यक्तिगत आर्थिक लाभ लिनका लागी महोत्सव गराउन लागेको सन्धिखर्क बगैचाका एक फेन्सी व्यापारी नाम नबताउने सर्तमा भने । करौडौँ नाफा हुने महोत्सव गराउन विभिन्न व्यक्ति, संघ संस्थालाई  ठेकेदारको शैलीमा जिम्मा दिएको र व्यापक आर्थिक चलखेल शुरु भएको उनले बताए । जिल्लामा उद्योग वाणिज्य संघ मुख्य आयोजक बनेपनि यसवर्षको मेलाको ठेक्का औद्योगिक शान्ति नेपालले लिएको छ ।
उता चौथो अर्घाखाँची महोत्सव गर्न यो पटक जिल्ला अस्पतालमा ४ सैयाको वेड सहितको भवन बनाउने भन्दै प्रचार गरिएको छ । यसको लागि  उद्योग वाणिज्य संघ अर्घाखाँचीसँग औद्योगिक शान्ति संस्था नेपालसँगको सहमति छ । यो संस्थाले विगत वर्ष महोत्सव गरेपनि केहि जिल्लाको लागि फाईदा नदेखिएको देखिन्छ ।  गतवर्ष १२ करोडको कारोवार हुदाँ व्लड वैक स्थापना गर्ने भनेता पनि अहिलेसम्म केही हुन सकेको छैन् । व्लड वैक स्थापना गर्न भन्दै एक लाख मात्र दिईएको थियो । एक लाखमा व्लड वैँक स्थापना हुन सक्दैँन । अहिलेसम्म जिल्लामा महोत्सव गरि लगभग आधा अर्ब नाफा भएपनि जिल्लाको लागि अहिलेसम्म कुनै माखो मारेको देखिदैन । सहयोग त केबल  राजनितिक दलका भातृ संगठनको महोत्सव सम्पन्न गर्न रहेको थियो।
माघ २८ गते देखी शुरु भएको दोस्रो अर्घाखाँची महोत्सव २०६६ विषेश समारोहका साथ फागुन ८ गते सम्पन्न भएको थियो ।
महोत्सव त जिल्लाका केही व्यापारीहरुको वर्षे धन्दा नै भएको छ । महोत्सवमा आम्दानी भएको रकम बाढेर आफ्ना व्यापार फस्टाएका छन्, घर महल बनाएका छन् चुत्राबेशीका नाम नबताउने कपडा पसलका व्यापारीले भने । महोत्सवले गर्दा हामी जिल्लाका व्यापारीको व्यापार चौपट भयो । आजभोलि महोत्सवको तयारी भन्दै होटेल-बारहरुमा रातदिन भोज, मस्ती मिडियाबाजी  चलेको छ ।  महोत्सवलाई बन्द गर्नुपर्छ । महोत्सव गराउने भए ठाडा, पाणिनी तिर गराउन उनले सुझाब दिए ।
यस्तै गत वर्षका महोत्सवमा जिल्लाका स्थानीय उत्पादन, कोदो, फापर र मकैका परिकार, परम्परागत तेल पेल्ने कोल, ढिकी, जातो लगायत जिल्लाको सुन्तला, ढाकाका उत्पादन , जिल्लाको अर्गानीक कफी प्रमुख आकर्षणको रुपमा रहने भनिएता पनि त्यो हुन सकेन । भारतमा उत्पादन भएको कपडा, देशीहरुले ल्याएर विक्री गर्ने प्रशस्त स्टल रहन्थे ।
साथै जिल्लामा कयौ धार्मिक तथा पर्यटकीय स्थलहरु जस्तै सुपादेउराली मन्दिर, डमरु दह, पाणिनी तपोभुमि, अर्घा भगवती मन्दिर, खाँचीकोट, छत्रमहाराजको मन्दिर, बल्कोट पौवा, दुर्वावेश्वर गुफा, सिद्धेश्वर शिवालय लगाएतका इतिहास बोकेका धार्मिक स्थल भएपनि महोत्सवमा प्रचारप्रचार समेत गरेको देखिदैन ।
विगतका महोत्सवहरुमा राष्ट्रिय कलाकारहरुको नाममा विकृति फैलाउनेलाई स्थान दिएको थियो । जिल्लामा जन्मीएका दर्जनौ कलाकार जानकारी समेत दिईएन । जिल्लामा दर्जनौ राष्ट्रिय तथा स्थानिय कलाकार भएतापनी ति कलाकारहरुले महोत्सवमा स्थान पाएका छैनन् । जिल्लाका व्यापारीहरुले व्यक्तिगत आर्थिक लाभ लिनका लागी गराउन लागेको महोत्सव नगर्न अर्घाखाँची कलाकार समाज काठमाडौंका एक सदस्यले सुझाव दिए । विगतका महोत्सवबाट जिल्लावासी, व्यवसायीहरु तथा संघसंस्थाहरु सन्तुष्ट छैनन् ।
जिल्लामा विभिन्न संघसंस्थालाई आयोजक, सहआयोजकमा राखिएपनि केहीलाई समेटिएको छैन । अर्घाखाँची चेम्बर अफ कमर्शका अध्यक्ष अशोक श्रेष्ठले महोत्सव जिल्लाको हितका लागी नभएको बताएका छन् । उनले जिल्ला कृषि, धार्मिक तथा पर्यटकिय दृष्टिले महत्व बोकेको जिल्ला भएपनि महोत्सवबाट धार्मिक स्थलको प्रचारप्रसार, कृषि जन्य सामाग्रीको प्रवद्धर्न नहुने बताए ।
महोत्सवमा जिल्लाका स्थानीय उत्पादन, कोदो, फापर र मकैका परिकार, परम्परागत तेल पेल्ने कोल, ढिकी, जातो लगायत जिल्लाको सुन्तला, ढाकाका उत्पादन , जिल्लाको अर्गानीक कफी प्रमुख आकर्षणको रुपमा रहने महोत्सव मुल आयोजक समितिका बरिष्ठ उपाध्यक्ष नेत्र प्रसाद भुसालले बताए ।
अर्घाखाँचीमा लुकेका सबै बस्तुहरुको प्रचार प्रसार गरि जिल्लालाइ पर्यटकीय स्थलको रुपमा विकास गर्न महोत्सवको आयोजना भएको र स्थानीय उत्पादन संगसंगै वाल उद्यान, झुला, पिंग तथा दैनिक रुपमा राष्ट्रिय कलाकरहरुको बजोड प्रस्तुती रहने भुसालले बताए ।
मेलाको २७ गते विहान ११ बजे उप राष्ट्रपति नन्द किशोर पुन पासांङले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्धाटनको दिन जिल्लाका विभिन्न झाकीहरु प्रस्तुत हुनेछन । भैरव नाच, मारुनी नाच, मयुर नाच, सोरोठी नाच संगसंगै विभिन्न जातजातीका भेषभुसा सहितका झाकीहरु प्रस्तुत हुने आयोजकले बताएको छ  ।
यस्तै चौथो अर्घाखाँची महोत्सव २०७५ लाई सफल पार्न भन्दै आयोजक उद्योग वाणिज्य संघ, सल्लाहकार समितिको बिशेष बैठक, पत्रकार सम्मेलन भईरहेका छन् । महोत्सवमा आयोजकले मिडिया पार्ट्नर भनेर जिल्लाका आधा भन्दा कम सुन्ने एफ.एम रेडियोलाई बनाईएको छ भने अफिसियल मिडिया एभिन्युज टेलिभिजनलाई राखिएको छ । ति मिडियासँग कति रकममा डिल भएको भन्ने खुलाइएको छैन् ।

अन्य समाचारहरु