अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची । पश्चिमी वायुको प्रभावका कारण आईतबार र सोमबार अर्घाखाँचीमा परेको मौसम बदलीमा सुधार भएको छ ।
पानीले सदरमुकाम सन्धिखर्क लगायत अर्घाखाँचीका विभिन्न स्थानमा चिसो बढाएपनि सोमबार साँझदेखि मौसममा सुधार देखिएको छ । आईतबार र सोमबार जिल्लाका कयौ भागमा हिमपात पनि भएको थियो ।
रतलेमा परेको हिमपात
पश्चिम नेपालबाट प्रवेश गरेको वायुले पानी पारेको र उक्त वायु मध्यभेग हुँदै पूर्वतिर जाने मौसमविद्हरुले बताएका छन् ।
सामान्यतया हिउँदका सुरुआती दिनहरुमै वर्षा हुनुपर्ने भएपनि यसपटक यो नै पहिलो हिउँदे वर्षा हो ।
हिउँदमा पाँचपटकसम्म वर्ष हुने भएपनि यस वर्ष बल्ल पहिलो वर्षा भएकाले हिउँदे वर्षा कम हुने सम्भावना बढेको पनि मौसमविद्हरुले बताएका छन् ।
अर्घाखाँचीमा न्यूनतम तापक्रम ८ डिग्री सेल्सियसमा झरेको छ ।