जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा अर्न्तक्रिया कार्यक्रम सम्पन्न

श्याम घिमिरे
सन्धिखर्क, २३ पुस । जिल्ला प्रशासन कार्यालय, अर्घाखाँचीको आयोजनामा जिल्ला स्थित सार्वजानिक निकायका सूचना अधिकारीहरु र सञ्चारकर्मीहरु वीच एक अर्न्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्ने बक्ताहरुले जहाँ सञ्चारको पहुँच छैन, त्यहा सञ्चारकर्मीले पुलको काम गरीरहेको धारणा ब्यक्त गरेका छन् ।  सुचनाको सही प्रयोगले देश निर्माणमा ठुलो सहयोग पुग्ने भन्दै सुचनाले नागरीकको साशनमा समेत प्रभाबकारी भुमिका निर्बाह गरेको उल्लेख गर्दे जिल्लालाई सुचनाको हकको पुर्ण कार्यान्वयन भएको जिल्लाको रुपमा बिकसीत गर्नु पर्नेमा जोड समेत दिए । 
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामीछानेको अध्यक्षता र सहायक प्रजिअ बिष्णुप्रसाद बेल्बासेको सन्चालनमा सम्पन्न भएको कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष हिम जिसी लेकाली, सिआईजि अध्यक्ष मुक्तिनाथ भुसाल,उपस्थीत सन्चारकर्मी र सुचना अधिकारीहरुले आआफ्नो मनतब्य राखेका थिए  । 

अन्य समाचारहरु