फाइल तस्बिर
दिपेन्द्र श्रेष्ठ
भगवति, अर्घाखाँची । अर्घाखाँची एकीकृत ग्रामीण विकास समाज अर्घाखाँचीको आयोजनामा छत्रदेब गाउँपालिका ७ भगवतिमा योजना तुर्जमा र सूचनाको सम्बन्धी अभिमुखकीकरण कार्यक्रम सम्पन्न भएको छ ।
पारष्परिक जवाफदेहिता परियोजना अन्र्तगत भएको स्थानीय तहको योजना तर्जुमा सम्बन्धी अभिमुखीकरण कार्यक्रममा स्थानीय सभा सदस्य तथा वडा तहका नागरिकहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा वडाध्यक्ष शोभाखर पाण्डेले स्थानीय तहको योजना तर्जुमा सम्बन्धी अभिमुखकीकरण कार्यक्रमले वडा तहमा हुने विकास निर्माणका काममा प्रभावकारीता ल्याउने बताउनुभएको थियो ।
कार्यक्रम वडाध्यक्ष शोभाखर पाण्डेको अध्यक्षता, वडासदस्यहरु गोपाल मरासिनी, वडा सचिव होमनाथ न्यौपाने, सरस्वति मा.बिका प्राचार्य ठाकुर प्रसाद पाण्डे, स्वास्थ्य चौकी इन्चार्ज कमल प्रसाद पाण्डे, कृषि प्राविबिधक प्रकाश घिमिरे, पत्रकार दिपेन्द्र श्रेष्ठ लगायतको आथित्यता रहेको थियो ।
कार्यक्रममा एकीकृत ग्रामीण विकास समाज अर्घाखाँचीका जिल्ला कार्यक्रम अधिकृत बसन्त श्रेष्ठ र सागर परियारले सहजीकरण गर्नुभएको थियो ।