अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) २६ पौष । राष्ट्रिय स्तरका नेताको उत्पादन गर्नमा अगाडि रहेको अर्घाखाँची आर्थिक सूचाङ्कमा भने उच्च गरीबीको सूचीमा परेको छ ।
अर्घाखाँचीबाट केन्द्रीय स्तरसम्म सहज पहुँच राख्ने विभिन्न नेताहरु उत्पादन भएका छन तर, त्यही प्रभावशाली नेता उत्पादन गर्ने जिल्लाका जनता भने उच्च गरीबीका रेखामा रहेको पाइएको छ ।
हालै प्रदेश सरकारले सार्वजनिक गरेको समग्र आर्थिक सूचाङ्क अनुसार अर्घाखाँचीसहित प्रदेश नम्बर ५ का ४ जिल्ला गरीबीको रेखामुनि परेको उल्लेख गरिएको छ । गरीबीको रेखामुनि रहेको जिल्लाको सूचीमा अर्घाखाँचीसहित कपिलवस्तु, प्यूठान र बर्दियालाई समेटिएको छ । यिनै ४ जिल्लाबाट टोपबहादुर रायमाझी, पम्फा भुसाल, पुष्पा भुसाल, मानबहादुर बिक, ढुन्डीराज शास्त्री, बामदेव गौतम, मोहन विक्रम सिंह, लीलामणि पोख्रेल, दुर्गा पौडेल, गोविन्द पोखरेल, चन्द्रप्रकाश खनाल, दीपकुमार उपाध्यायलगायतका व्यक्तित्वहरु विभिन्न पार्टीको तर्फबाट राष्ट्रिय स्तरमा स्थापित नेता बनेका छन् ।
तथ्यांक हेर्दा राजनीति माथि गरीबी तल देखिन्छ “अर्थशास्त्री डा. वाबुराम ज्ञवालीले भन्नुभयो, ‘जुनसुकै जिल्लामा पनि नेता मात्रै उत्पादन गरेर हुँदैन ।
प्रदेश नम्बर ५ को भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले अहिले यी ४ जिल्लामा गरीबी निवरणका लागि कार्यक्रम अगाडि बढाएको छ । जसका लागि जिल्लागत रुपमा कार्ययोजना तयार पारिएको जनाइएको छ ।
प्रदेश कृषि मन्त्रालयका उपसचिव विनोद घिमिरले आर्यआजन, पोषण, अशिक्षा, भौतिक पूर्वाधारजस्ता विषयमा मापदण्ड बनाएर जिल्लाका समग्र सूचकांक तयार पारिएको जानकारी दिनुभयो । अब तिनै तहका सरकार लागेर गरीबीको मापदण्ड घटाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
यसैबिच अर्घाखाँचीमा ८–८ जाना माननिय हुँदाहुँदै आर्थिक सूचाङ्कमा उच्च गरीबीको सूचीमा पर्नु दुर्भाग्य रहेको सरोकारवालाले बताएका छन ।
अर्घाखाँचीबाट प्रदेशसभामा चेतनारायण आचार्य, रामजी प्रसाद घिमिरे, निर्मला क्षेत्री, जालपा भुसाल प्रतिनिधीसभामा टोपबहादुर रायमाझी, पुष्पा भुसाल, मान बहादुर विश्वकर्मा तथा राष्ट्रियसभामा चन्द्रबहादुर खड्का उज्जवलले प्रतिनिधित्व गर्नुभएको छ ।
प्रदेशसभाका सांसदहरुको विकासे बजेटमा धेरै पहुँच नहुने र कानुन प्रष्ट नहुँदा के गर्ने भन्ने अन्यौलता बढेको प्रदेशसभाका सांसदहरुको भनाई छ ।
केन्द्रमा टोपबहादुर रायमाझी प्रभावशाली नेता हुनुहुन्छ । तर पछिल्लो समय पुर्वाधार विकास कोषको रकममा मनोमानी गरेको भन्दै नेता रायमाझीको ब्यापक आलोचना हुँदै आएको छ ।
४ करोड बराबरको रकममा नेता रायमाझीले एकलौटी गरेको भन्दै केही साता अँगाडी नेपाली कंग्रेस अर्घाखाँची लगायत राष्ट्रिय जनमोर्चा, विवेकशिल साझाले विज्ञप्ती निकालेर असन्तुष्टी जनाएका थिए ।
प्रतिनिधीसभा सदस्यद्धय पुष्पा भुसाल र मानबहादुर विश्वकर्माले पनी यसमा असन्तुष्टी जनाउनु भएको छ । संचार क्षेत्रलाई छुट्टाइएको बजेटमा पनी एकलौटी गर्न खोजिएको भन्दै जिल्लाका अधिकांश सन्चार माध्यमहरु असन्तुष्ट रहेका छन ।
आर्थिक सूचाङ्कमा अर्घाखाँची उच्च गरीबीको सूचीमा पर्नुले पनी नेताहरुको कामप्रती सर्वसाधारण जनताले सन्तुष्ट गर्ने ठाँउ देखिएको छैन ।