भुमिकास्थान – ३ धारापानीमा पुर्ण सरसफाई उन्मुख वडा घाेषणा

अर्घाखाँचीडट्कम संवाददाता 
धारापानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर ३ धारापानीमा पुर्ण सरसफाई उन्मुख वडा स्वः घोषणा कार्यक्रम सम्पन्न भएको छ ।  
कार्यक्रममा प्रतिनिधिसभाका सदस्य तथा पुर्व उप–प्रधानमन्त्री टोपबहादुर रायमाझिले सरसफाई देशको विकास र सम्वृद्धीसँग जोडिएकोले यसको निरन्तरतालाई प्रभावकारी रुपमा अगाडि बढाउनुपर्ने बताउनु भएको छ । भुमिकास्थान नगरपालिका वार्ड नं। ३ ले आयोजना गरेको पुर्ण सरसफाई उन्मुख वडा स्वःघोषणा कार्यक्रमलाइै सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनु भएको हो । रायमाझिले छोटो समयमा जिल्लाले विकास निमार्णमा फट्को मारेको भन्दै जिल्लालाई राष्ट्र मै चिनाउन आफुहरु लागि परेको बताउनु भयो । साथै रायमाझीले देशमा अहिलेपनि भष्ट्रचारको धङ्गधङ्गी भएकोले यसलाई न्युनिकरण गर्नु पर्नेमा समेत जोड दिनुभयो ।
कार्यक्रममा प्रदेश सदस्य चेतनारायण आचार्य, भुमिकास्थान नगरप्रमुख रेशम थापा, उपप्रमुख खडानन्द बेल्वासे, राजमो नेता सागर केसी, नेकपाका नेता खेम घर्ति, शिक्षक विरेन्द्र पोडेल, पत्रकार प्रेम आचार्य, युएन हेवीट्याटका शिवराज न्यौपाने शिक्षक गोविन्द केसी , स्थानिय कृष्ण प्रसाद भुसाल, स्वयमसेविका यमकला बञ्जाडे वडा सचिव रामबहादुर थापा लगायतले मन्तव्य राख्दै जिल्लालाई पुर्ण सरसफाई उन्मुख जिल्ला घोषणा गर्न सबै लाग्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रम वडा अध्यक्ष बालकृष्ण बञ्जाडेको अध्यक्षता सदस्य रुमलाल पौडेलको स्वागत मन्ततव्य र शिक्षक दामोदर भाटको सञ्चालन सम्पन्न भएको हो।

अन्य समाचारहरु