पाणिनी गाँउपालिकाको पाँचौ गाँउ सभा सम्पन्न

प्रेमनारायण आचार्य 
पौष २७ सन्धिखर्क एफएम- अर्घाखाँचीको पाणिनी गाँउपालिकाको पाँचौ गाँउ सभा सम्पन्न भएको छ । 
गाँउ सभाको भौतिक पुर्वाधार तथा विकास मन्त्री बैजनाथ चौधरीले उद्धाटन गर्नु भएको छ । कार्यक्रममा मन्तब्य राख्दै मन्त्री चौधरीले पाणिनि गाँउपालिकामा देखिएको खानेपानीको समस्या समाधान गर्न र मोटरबाटो पिच नहुदा धुलाको समस्या रहेको देखिएकोले मोटरबाटो पिच गर्न प्रदेश सरकार लागि पर्ने बताउनु भयो । उँहाले पाणिनि तपोभुमिको विकास गरि पर्यटकीय क्षेत्र निर्माण गर्न आफुहरु लागि पर्ने बताउनु भयो ।
कार्यक्रममा पाणिनि गाँउपालिकाका अध्यक्ष अच्युत गौतमले गाँउपालिकाले गरेका नमुना कार्यको बारेमा जानकारी गराउदै प्रदेस सरकारले गर्नु पर्ने काम तथा विकास निर्माणका कामहरुको बारेमा पनि जानकारी गराउनु भएको थियो । 
कार्यक्रममा पाँच नम्वर प्रदेश विशेषाधीकार समितिका संयोजक कमलराज श्रेष्ठ, प्रदेस सांसद रामजी प्रसाद घिमिरे , जाल्पा भुसाल, निर्मला क्षेत्री, कल्पना पाण्डे, जिल्ला समन्वय समितका संयोजक पिताम्वर शर्मा, पाणिनि गाँउपालिका उपाध्यक्ष लक्ष्मी गौतम , प्रमुख प्रशासकीय अधिकृत जनकराज पन्थी लगायतले मन्तब्य राखेका थिए । कार्यक्रम लेखा अधिकृत नारायण पौडेलको पौडेलको सञ्चालनमा सम्पन्न भएको त्यहाबाट पशुपति खनालले बताउनु भएको छ ।

अन्य समाचारहरु