
मालारानी,अर्घाखाँची(अर्घाखाँची डट्कम) मालारानि गाउँपालिका अर्घाखाँची ले जनताको सेवालाई मध्यनजर गर्दै घरदैलो अभियान लिएर जनता को माझमा पुगेर आज बाट सेवा दिन सुरु गरेको गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्य बताउनु भएको छ ।
गाउँपालिका का सबै वार्डहरुमा पुगेर योजनाहरु को उपभोक्ता हरु सग सम्झौता गर्ने बैकिङ खाताहरु खोल्ने काम वार्ड नम्बर १ बाट सुरु गरिएको अध्यक्ष आचार्यले बताउनु भयो ।सबै गाउपालिका बाट हुने सबै सेबा सुविधाहरु सनिश्चवार बाट घरदैलो अभियान सन्चालन गरिएको र जनता निकै खुसि भएको महसुस आफुहरुले गरेको प्रमुख प्रसासकिय अधिकृत खगेन्द्र मरासिनि ले बताउनु भयो ।

नेपाल सरकारको नीति अनुसार सिहदरबारको अधिकार गाउटोटमा पुराउने उदेश्य अनुरुप आफुहरुले घर दैलो अभियान सुरु गरेको र त्यसबाट जनताहरु निकै उत्साहित भएको प्रमुख प्रसासकिय अधिकृत मरासिनीले बताउनु भयो । गाउँपालिका ले गरेको यस्तो निर्यण ले जनताहरु लाई राहात को महसुस भएको छ ।
मालारानि ले अहिले सम्म ९५प्रतिसत योजना का कामहरु सम्झौता गरिसकेको छ ।घरदैलो अभियानमा मेगा बैकले सहयोग गरेको छ घरदैलोमा प्रमुख प्रसासकिय अधिकृत पराजुलि योजना अधिकृत नेत्र खनाल कार्यलयमा कर्मचारी हरु वार्ड अध्यक्ष लगाएतका जनप्रतिनिधि हरुको सहभागी ता रहेको थियोे ।




