सुर्य भुसाल
मालारानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । मालारानी गाउँपालिका अर्घाखाँचीले जनताको सेवालाई मध्यनजर गर्दै घरदैलो अभियान लिएर जनताको माझमा पुगेर सेवा दिन सुरु गरेको छ ।
गाउँपालिकाका सबै वार्डहरुमा पुगेर योजनाहरुको उपभोक्ताहरुसँग सम्झौता गर्ने बैकिङ खाताहरु खोल्ने काम वार्ड नम्बर १ बाट सुरु गरिएको गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले बताउनु भयो ।
सबै गाउँपालिकाबाट हुने सबै सेबा सुविधाहरु सनिश्चवारबाट घरदैलो अभियान सन्चालन गरिएको र जनता निकै खुसि भएको महसुस आफुहरुले गरेको प्रमुख प्रसासकिय अधिकृत खगेन्द्र मरासिनीले बताउनु भयो ।
नेपाल सरकारको नीति अनुसार सिहदरबारको अधिकार गाउँटोलमा पुराउने उदेश्य अनुरुप आफुहरुले घर दैलो अभियान सुरु गरेको र त्यसबाट जनताहरु निकै उत्साहित भएको प्रमुख प्रसासकिय अधिकृत मरासिनीले बताउनु भयो ।
गाउँपालिकाले गरेको यस्तो निर्यणले जनताहरुलाई राहातको महसुस भएको छ । मालारानीले अहिले सम्म ९५ प्रतिसत योजनाका कामहरु सम्झौता गरिसकेको छ ।
घरदैलो अभियानमा मेगा बैकले सहयोग गरेको छ । घरदैलोमा प्रमुख प्रसासकिय अधिकृत पराजुली योजना अधिकृत नेत्र खनाल कार्यलयमा कर्मचारीहरु वार्ड अध्यक्ष लगाएतका जनप्रतिनिधिहरुको सहभागीता रहेको थियोे ।