बल्कोटमा एक दिने जेष्ठ नागरिकका लागि स्वास्थ प्रबर्द्धन कार्यक्रम सम्पन्न

अशोक खनाल 
बल्कोट । जिल्ला आर्युर्बेद स्वास्थ केन्द्र अर्घाखाँचीद्वारा छत्रदेब गाउँपालिकाको वडा २ बल्कोटमा एक दिने जेष्ठ नागरिकका लागि स्वास्थ प्रबर्द्धन कार्यक्रम सम्पन्न गरेको छ।
जिल्ला आयुर्वेदिक स्वास्थ केन्द्र का प्रमुख डा.अर्जुनराज शर्मा को अध्यक्षता शुरु भएको कार्यक्रम मा वडा अध्यक्ष राजेश कुमार पन्थी को प्रमुख आथित्यता रहेकोे थियोे भने वडा का जनप्रतिनिधि बल्कोट स्वास्थ केन्द्र का प्रमुख वडा सचिव शुरक्षा चौकी का प्रमुख लगायत विभिन्न संघ सस्था का प्रमुख तथा प्रतिनिधि हरुको उपस्थिति रहेको थियोे ।
कार्यक्रममा मन्त्ब्य राख्दै पन्थी ले भन्नू भयो बृद्धअबश्थामा बीभिन्न समस्यहरु तथा अन्य दीर्घ समस्याको लागि आर्युर्बेद चिकित्सा पद्धति उतम पद्धति भएको ले हामी र हाम्रो समाज आर्युबेदिक प्रती उन्मुख भएको भन्दै सबैलाई यही पद्धति मा लाग्न अनुरोध गर्नु भयो।
सोही कार्यक्रम मा कार्यक्रम का अध्यक्ष तथा जिल्ला आर्युबेदीक केन्द्र का प्रमुख डा.अर्जुनराज शर्मा ले बिश्वमा हाल Ncd (नसर्ने रोग )को प्रकोप बढी रहेकोले हामी ले हाम्रो खान पान जीवन शैली आदि लाई ब्याबस्थीत गर्नु पर्ने कुरामा जोड दिदै गाउँ गाउँ मा झोले आर्युर्बेदिक औसधि बेच्ने ब्याक्ती हरु बाट सजक रहि त्यास्ता औसधि प्रयोग नगर्न सबैलाई सचेत गराउनु भएको थियोे ।
१४८ जेष्ठ नागरिक हरु लाई नीशुल्क स्वास्थ परिक्षण तथा औसधि बितरण गरिएको थियो ।आर्युबेदिक केन्द्र का निरीक्षक कमल प्रसाद आचार्य को संचालित कार्यक्रम मा वडा सदस्य सुन्दरा परियार ले स्वागत मन्त्ब्य राखनु भएको थियोे ।    

अन्य समाचारहरु