बिष्णु खनाल
सन्धिखर्क, अर्घाखाँची पुष २८ । नेपाल मगर महिला संघ अर्घाखाँचीको तदर्थ समितिको गठन भएको छ । नेपाल मगर संघको कार्यालयमा भएको भेलाले बसन्ता सारुमगरको अध्यक्षतामा १७ सदस्सीय नेपाल मगर महिला संघको गठन गरेको हो ।
जसको सचिवमा यमुना पुनमगर, कोषाध्यक्षमा सीता पुनमगर रहनु भएको छ । यस्तै सदस्यहरुमा यमुना थापामगर, तुल्सा घर्तीमगर, देवकला थापामगर, पुष्पा रानामगर, सनिता पुनमगर, बसन्ता थापामगर, मिना गेलाङमगर, हरिकला रानामगर, गंगा घर्तीमगर, तुल्सा थापामगर, कल्पना रेश्मीमगर, सम्झना थापामगर, दीपा पुनमगर रहेका छन् ।
बसन्ता सारुमगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल मगर संघका जिल्ला अध्यक्ष नेत्र थापामगर, जिल्ला सदस्य द्वय ईन्द्र गेलाङमगर र ओम रोकामगरले शुभकामना मन्तव्य राख्दै सम्पुर्ण मगर महिला दिदीबहिनी आफ्ना हकअधिकारका निम्ति एकजुट हुन आग्रह गरेका थिए । साथै मगर समुदायको प्रमुख पर्व माघे सकरातिलाई आफ्नो गाउँठाउँमा हर्षोउल्लासका साथ मनाउन अनुरोध समेत गरेका थिए ।
कार्यक्रम यमुना थापामगरको सञ्चालनमा सम्पन्न भएको हो ।