डा. गोविन्द केसीको समर्थनमा इलामका ज्येष्ठ नागरिकहरुको र्‍याली

news
डा. गोविन्द केसीको समर्थनमा इलामका ज्येष्ठ नागरिकहरुले र्‍याली निकालेका छन् ।
डा. केसीले राखेका मागहरु यथाशीघ्र सम्बोधन गर्न उनीहरुले सरकारसँग माग गर्दै र्‍याली निकालेका हुन् ।
चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै डा. केसी गत बुधबारदेखि १६ औं सत्याग्रहका क्रममा इलाममा आमरण अनशनरत छन् ।
यसैबीच, डा. केसीको वार्ता टोलीका संयोजक डा.अभिशेक सिंह र उनको टोलीले इलाम आएर डा. केसीकोस्वास्थ्य जाँच गरेको छ । इमेजखबरमा समाचार छ ।