सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ९ अर्घामा जन्मिएर सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ हल लाईन निबासी पदम बहादुर भुसाल निर्माण व्यवसायी सँगसँगै अहिले राजनीति तथा सामाजिक काममा सक्रिय बनेर अगाडि बढेका छन् ।
लामो समय बिधुत कार्यालयमा अधिकृत स्तरको जागिरे जीवन बिताएका भुसाल अहिले सामाजिक क्षेत्रमा निकै क्रियासिल छन् ।
भुसाल सामाजिक राजनीति दुबै क्षेत्रमा चर्चित ब्यक्ति हुन । सामाजिक सघसस्था युवा क्लबहरु लगाएत जिल्लाका दर्जनौं संघ- संस्थामा क्रियासिल भुसाल अहिले समाजमा चर्चित नाम कमाएका ब्यक्ति हुन ।
पदम भुसाललाई गाउँका जनताहरुले निकै बिस्वास गर्ने गर्दछन । देख्दा सरल स्वभावका देखिने भुसाल हसिला रसिला सहयोगी हातका धनी हुन ।
अहिले पनि सन्धिखर्क नगरपालिका वार्ड नम्बर ९ का जनताले अप्ठ्यारो पर्दा उनलाई खोज्ने गर्दछन । केहि समय देखि सामाजिक क्षेत्रमा लागेका भुसाल यहाँका करोडौंका मालिक तथा भुसाल सप्लायर्स कन्टक्सनका प्रोपाईटर हुन् ।