सुर्य भुसाल
सन्धिखर्क । सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले कृर्षिको क्रान्ति बिना र सिपमुलक तालिम अहिलेको मुख्य आबश्यक्ता रहेको बताउनु भएको छ ।
उहाले नगरपालिका भित्रका सबै वार्डहरुमा कृर्षि पसुपालन सिपमुलक तालिमलाई आफुहरुले पहिलो प्राथमिकता दिएको बताउदै कृर्षि क्षेत्र र सिपमुलक तालिमका कार्यक्रमको बिकास नै नगरपालिकाको पहिलो प्राथमिकता रहेको बताउनु भएको हो ।
सन्धिखर्क नगरपालिका नगरपालिका घरेलु तथा साना उधोग समिति अर्घाखाँचीले आयोजना गरेको १ महिने ढाकाको लेडिज ब्याग तथा पर्स बुनाई तालिममा समापन समारोहमा बोल्दै नगरप्रमुख भुसालले समसन्नत हराभरा नगरपालिका बनाउन आफसहरु निस्वार्थ रुपमा लागि परेको बताउनु भएको हो ।
उहाले नगरपालिका भष्टचार मुक्त सुन्दर बनाउने अभियानमा सबैलाई सहयोग गर्न आग्रह गर्दै बिकाश निर्माणका कामहरु अनुगमन गरेर सकरात्मक सुझाब सल्लाह दिन आग्रह गर्नु भयो ।
कार्यक्रममा नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार बिकले अबको बाटो भनेको आर्थिक क्रान्ति भएकोले सिपमुलक तालिम आत्मनिर्भर भएको बताउदै आर्थिक क्रान्तिको मेरुदण्ड सिपमुलक सिकाई भएको बताउनु भयो ।
उहाले मुलुकमा अब सबै खाले क्रान्ति सफल भएको बताउदै अबको बाटो भनेको आर्थिक सामाजिक र कृर्षि क्रान्ति भएको बताउनु भएको हो । उहाले महिलाहरुलाई अात्म निर्भर जिबिको पार्जन हुने खालका तालिमलाई पहिलो प्राथमिकता दिएकोले बिभिन्न खालका तालिम गोष्ठी किसान लाई ब्यावहारमा लागु हुने खालका योजना आगामि बर्ष लागु गर्न लागिएको बताउनु भयो ।
उपप्रमुख बिकले अब बेरोजगारि समस्या समधान गर्नका लागि पनि अाफुहरुले नयाँ नयाँ योजना नगरपालिका भित्र बनाउन थालेको बताउनु भएको हो । उहाले नगरपालिका स्वछ्व हराभरा तथा भष्टचार मुक्त बनाउने अभियानमा लागेको बताउदै सकरात्मक सुझाब सल्लाहको खाचो रहेको बताउनु भएको ।
कार्यक्रममा वार्ड नम्बर २ अध्यक्ष मोतिजग रायमाझी बरिस्ठ घरेलु उधोग अधिकृत कमल सुतार कार्कि लगाएतले मन्तब्य राखेका थिए ।