बिगतका वर्षहरुमा जस्तै याे वर्ष पनि बागि खाेला र भद्रि खाेलाकाे संगम स्थल त्रिवेणीधाममा जिल्ला स्तरिय बृहत् कृषि तथा पशु पर्दशनिमा विभिन्न जातका पशु, माैसमि तथा वेमाैसमि तरकारिहरू, फलफुलहरु, अचार अाइटम, ढाका कपडाका अाइटमहरू, बासका अाक्रशक डिजाइनका सामानहरु लगायत सम्पुर्ण मेलाकाे अवलाेकन गर्दै सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल, उपप्रमुख ठाकुर कुमार विक, घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख कमल कार्कि लगायतले बृहत् प्रदर्शनि अवलाेकन गर्नुभएको थियाे ।
श्याम घिमिरे
माघ १ अर्घाखाँची – अर्घाखाँची उद्योग बाणीज्य संघको आयोजनामा आज माघे सक्रान्ती पर्बको अबसरमा सदरमुकाम सन्धिखर्क स्थीत चुत्राबेसीको त्रिबेणीधाममा बृहत कृषि,पशु मेला तथा प्रबिधि प्रदर्शनि एवं साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
अर्घाखाँची उद्योग बाणीज्य संघ अर्घाखाँचीका अध्यक्ष युबराज श्रेष्ठको अध्यक्षता, बरीष्ठ उपाध्यक्ष नेत्र भुसालको स्वागत मनतब्य र महासचिब प्रदिप मिश्रको सन्चालनमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर भुसाल,नेपाल उद्योग बाणीज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ,सन्धिखर्क नगरपालीका प्रमुख कमल प्रसाद भुसाल,सहायक प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद बेल्बासे,जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी खिमबहादुर घम,प्रधानमन्त्री कृषि आधुनिककरण परीयोजना जोनका प्रमुख बुद्धिप्रसाद भट्टराई,पत्रकार महासंघका अध्यक्ष हिम जिसी लेकाली लगायतले मनतब्य राख्दै कृषि क्षेत्रको बिकासले मात्र देशको आर्थीक समृद्धि हुने भएकोले यसको बिकासमा सबैको ध्यान जानुपर्ने बताउनु भयो ।
कार्यक्रममा स्थानीय कृषकबाट कृषीसम्बन्धी समाग्री,पशु अन्नबाली,कपडा ,बिभिन्न उद्योगबाट उत्पादन गरीएका परीकारहरुको प्रर्दशनि समेत गरीएको थियो । साथै उत्कृष्ट कृषक र ब्यबसायीहरुलाई आयोजक संस्थाबाट पुरस्कार र प्रमाणपत्र समेतको ब्यबस्था गरीएको हो ।