श्याम घिमिरे
माघ २ अर्घाखाँची – मसाल निकट अखिल नेपाल युबक संघका केन्द्रीय अध्यक्ष अनिल किशोर घिमिरेले राष्ट्रियता र जनहितका बिषयमा जनतालाई सुसुचित गराउदै सरकारलाई खबरदारी गराउन आफ्नो संगठन लागिरहेको बताउनु भएको छ ।
अखिल नेपाल युबक संघ केन्द्रीय समितिको निर्धारीत कार्यक्रम अनुसार आज जिल्ला प्रशासन कार्यालय अर्घाखाँची मार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र बुझाउदै घिमिरेले यस्तो बताउनु भएको हो । देशमा भएका हरेक परीबर्तनमा युबाहरुको उल्लेखनिय भुमिका रहेको भन्दै घिमिरेले देश निर्माणमा सबै युबाहरु एकजुट हुनुको बिकल्प नरहेको समेत बताउनु भयो ।
देशमा पछिल्लो समय क्रिशियनहिटीको प्रभाब बढीरहेकोले यसलाई निरुत्साहीत गर्नुपर्ने, संघियता नेपालको सन्दर्भमा गलत व्यबस्था भएकोले यसलाई खारेज गर्नेपर्ने, प्रदेशको संरचना व्यबस्थापन गर्दा अनाबश्यक रुपमा राज्यकोषको रकम दुरुपयोग भएकोले प्रदेशको संरचना खारेज गरि स्थानिय निकायलाइ अझ शक्तिशाली र अधिकार सम्पन्न बनाउन पर्ने माग राख्दै संघले ज्ञापनपत्र बुझाएको हो ।
यस्तै स्थानिय तहमा गएको रकम र कार्यक्रम अनुशार दक्ष जनशक्तिको ब्यवस्थापन हुनुपर्ने , बजेट कार्यन्वयनमा पारदर्शिता हुनुुपर्ने , जनताको नाममा गएको बजेट सहि ठाउँमा परिचालन हुनपर्ने, बढ्दो युवा बेरोजगारी र बिदेश पलायनलाइ रोक्नको लागी युवा लक्षित स्वरोजगारका कार्यक्रमहरु निर्माण गरीनुपर्ने, युवाहरुलाइ उत्पादनको काममा हौसला प्रदान गर्नको लागी योजना अनुसार सहुलियत दरको ऋण उपलव्ध गराउनुपर्ने लगायतका मागहरु ज्ञापनपत्रमा उल्लेख गरीएको छ ।
यसअघि आजै अखिल नेपाल युबक संघ जिल्ला समितिको बैठक समेत बसेको संघले जनाएको छ । बैठकले माघ महिनाभर जिल्लाका ६ वटै पालीकामा जागौं युबा लागौं युबा अभियान सन्चालन गर्ने निर्णय पनि गरेको छ । बैठक जिल्ला अध्यक्ष कुलराज खनालको अध्यक्षता,उपाध्यक्ष कृष्णप्रसाद खनालको स्वागत मनतब्य र सचिब ठाकुर पन्थीको सन्चालनमा सम्पन्न भएको हो ।
बैठकमा संघका केन्द्रीय अध्यक्ष अनिल किशोर घिमिरे, राजमो नेता शेरबहादुर बिसी,बाबुराम पन्थी सुनार, कबिराम खनाल ,देबेन्द्र कुँवर लगायतको आतिथ्यता रहेको सदस्य ज्ञानु पाण्डेले जानकारी दिनुभएको छ ।