कृष्ण खनाल
बुवल, ४ माघ । नेपाली काग्रेस रुपन्देहीले हाल बुटवलमा कायम रहेको प्रदेश नम्बर ५ को राजधानी सार्ने षण्यन्त्र सधैको लागि अन्य गर्न माग गरेको छ ।
बुटवलमा आयोजना गरिएको वृहत जनप्रर्दशन र विरोध सभामा बोल्दै नेपाली काग्रेस संसदीय दलका नेता तथा पुर्व मन्त्री बालकृष्ण खाँणले राजधानी सार्ने जो कोही पनि सधैको लागि पतन भएर जाने बताउनुभयो । उनले कुनै पनि तागतले अहिले कायम रहेको राजधानी सार्न नसक्ने भन्दै नेपाली काग्रेस एक ढिक्का भएर लाग्ने बताउनुभयो ।
अहिले सबैको भावना र अभिमत अनुसार नै बुटवललाई प्रदेश ५ को स्थायी राजधानी बुटवल नै मागेको बताउनुभयो । उनले भने–‘मुख्य मन्त्री र मन्त्रीहरुको झण्डा हल्लाउनको लागि राजधानी बुटवल मागेका होईन । ’ उनले नेपालकै सबैभन्दा उत्कृष्ठ प्रदेशको रुपमा प्रदेश नम्बर ५ लाई बनाउन खोजेको बताउनुभयो ।
प्रदेशको राजधानी तोक्नको लागि कुनै पनि विलम्ब गर्न नहुने उहाँको भनाई रहेको थियो ।
भैरहवामा अन्तराष्ट्रिय विमानस्थल बनाउने मुख्य योगदान नेपाली काग्रेसका नेता गिरीजा प्रसाद कोईराला, शुसिल कोईरालाका रहेको बताउनुभयो ।
मुलुकको विकासको लागि अहिलेको सरकारले गतिशिल भुमिका खेल्न नसकको पुर्व मन्त्री खाँणले आरोप लगाउनुभयो । नेपाली काग्रेस निरन्तर खबरदारी र निरन्तर आलोचना गर्ने समेत बताउनुभयो ।
बुटवलको मान्छे भएर बुटवलमा नै राजधानी हुनुपर्छ भनेर नभनिएको भन्दै उनले रुपन्देहीमा राजधानी हुँदा भौगोलीक सुगमता लगायतका आर्थिक, समाजिक र भौतिक हिसावबाट समेत पायक पर्ने ठाउँ भएको बताउनुभयो ।
देश विदेश जानको लागि पनि प्रदेशको राजधानी उपयुक्त भएको उहाँले ले बताउनुभयो । अहिले यातायात र हवाई सञ्जालको मुख्य पहुँको क्षेत्रको रुपमा रुपन्देही नै उपयुक्त भएको भन्दै उनले ५ नम्बरको प्रदेशको स्थायी राजधानी नै रुपन्देही हुनुपर्ने बताउनुभयो ।
मुख्य मन्त्री ले केही समय पहिला संघीय संसादमा प्रदेशको राजधानीको विषयमा नबोल्नको लागि आग्रह गरिएको प्रसंघमा नेता खाँणले प्रदेश सरकारको राजधानी तोक्ने जिम्मा प्रदेश सभालाई नै दिएको बताउनुभयो । मुख्य मन्त्रीको चाहानाले मात्रै प्रदेशको राजधानी तोक्न नसक्ने बताउनुभयो । दुई तिहाई बहुमत को आधारमा मात्रै प्रदेशको राजधानी र नामकरण टुंगो लाग्ने भन्दै उचित निर्णय गर्नको लागि मुख्य मन्त्री संकर पोखरेललाई आग्रह गर्नुभयो ।
उनले प्रदेश सभामा रहेका संसादहरुले नै उचित समय र परिस्थीतिमा निर्णय लिनको लागि आग्रह गर्नुभयो ।
नेपाली काग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले अहिलेको सरकारले विकास भन्दा पनि भष्ट्राचार बढि गरेको अरोप लगाउनुभयो । उहाँले प्रदेशको नामकरण र स्थायी राजधानी तोक्न नसक्नु कम्नष्युष्ट शासनको पराकाष्ट भएको बताउनुभयो । समान्वादको नाममा नेपालमामा कम्यिुष्ट शासन लाद्न खोजेको आरोप समेत लगाउनुभयो। । कुनै पनि हालमा देशमा संघीयता सफल हुने भन्दै नेता भण्डारीले रुपन्देही प्रदेश नम्बर ५ को स्थायी राजधानी भएको बताउनुभयो ।
तराई र पहडलाई जोडेर प्रदेश ५ को विकास संभव भएको भन्दै उनले सबै प्रदेश र जिल्लाहरुलाई समेट्र देश बनाउन सकिने धारणा राख्नुभयो । ।
सभालाई संवोधन गर्दै नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा पुर्व गृह राज्य मन्त्री देवेन्द्र राज कण्डेलले पहाड र तराईय छुट्टीन नहुने बताउनुभयो । उनले सबैको संघ्रर्षबाट नै संघीयता आएको भन्दै संघीयता लाई स्थायीरुप दिनको लागि एकता आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाली काग्रेस रुपन्देही सभापती अब्दुल रज्जाक, अर्घाखाँचीका सभापती विष्णु भुषाल, पाल्पा सभापती भिम बहार राना, गुल्मी जिल्ला सभापती भुवन, नेपाली काग्रेस प्रदेश नम्बर ५, प्रदेश सभा संसदीय दलतका नेता बलदेव शर्मा पोखरेल, जिल्ला सचिव रामकृष्ण खाँण लगायतका नेताहरुले सभलाई सम्बोधन गरेका थिए ।
बुटवलको राजमार्ग चौरहाबाट रुपन्देही जिल्लाका १६ वटा स्थानिय तह, नेपाली काग्रेसकाका समितिको सहभागीतामा राजधानी नर्सानको लागि दबाब सहित ¥याली आयोजना गरिएको थियो ।
बुटवलको राजमार्ग चौराहबाट निस्कीएको ¥याली मिलनचौक, बस पार्क, अस्पताल लाईन हुदै कार्यक्रम स्थल बुटवलको ट्राफिक चौकमा पुगेर सभामा परिणत भएको थियो ।