सन्धिखर्कमा सवारी चालकको स्वास्थ्य परिक्षण र सवारी साधनको अवस्थाबारे चेक जाँच कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा सडक दुर्घटना न्युनिकरणका लागि सवारी चालकको स्वास्थ्य परिक्षण र सवारी साधनको अवस्था बारे चेक जाँच कार्यक्रम सम्पन्न भएको छ । 
समुदाय- प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीको आयोजना तथा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको सहआयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी सन्धिखर्क नगरपालीकाका प्रमुख़ (मेयर) कमल प्रसाद भुसाल, प्रमुख प्र.ना.उ.नवराज मल्लको अध्यक्षता, विशेष अतिथी निमित्त प्रमुख जिल्ला अधिकारी विष्णुराज वेल्वासे लगायतको उपस्थिती रहेको थियो । 
कार्यक्रममा विभिन्न सवारी साधनका ७६ जना सवारी चालक/सहचालकहरुलाई आखाँ तथा अन्य वृहत स्वास्थ्य परीक्षण कार्यक्रम सचालन गरी विभिन्न जनचेतनामुलक पर्चा पम्पिलेट समेत वितरण गरिएको थियो ।  

अन्य समाचारहरु