स्वतन्त्र पत्रकार संघको बैठक बुटवलमा सम्पन्न सामाजिक पुरस्कार समिती गठन ,राष्ट्रिय अधिबेशन बैशाखमा

डिआरजी सुमन

रुपन्देही ,बुटवल (अर्घाखाँची डट्कम) सामाजिक पत्रकारिता पुरस्कार र पत्रकार महिला सम्मान पुरस्कारका लागी समिती गठन, आर्थिक वर्ष ७४/७५ को लेखा प्रतिवेदन माथी छलफल,शाखाहरुको जिल्ला अधिवेशन फागुन मसान्त सम्म सक्ने तथा शाखा विस्तारमा विशेष जोड़ प्रथम चरणमा कन्चनपुर,कैलाली र सुन्सरीमा समिती गठन निकट समयमा गर्ने र राष्ट्रीय अधिबेशन वैशाख १६ गते सोमवार गर्ने र स्वतंत्र संदेश पत्रिकाको चौथों अक राष्ट्रीय अधिवेशनमा विमोचन गर्ने निर्णय गर्दै बुटवलमा राष्ट्रीय समितीको वैठक सम्पन्न भएको छ ।

पत्रकार बन्नु त स्वतन्त्र बन्नु स्वतन्त्र नै हो पत्रकार भन्नू भन्ने मुल नारा सहित संगठित स्वतन्त्र पत्रकार संघ नेपालको राष्ट्रीय समितीको माघ ४ गते बुटवलमा भएको बैठकले विभिन्न उपसमिती गठन गरी अधिवेशनको तयारीमा लागेको छ । राष्ट्रीय अध्यक्ष कृष्ण प्रसाद वास्तोलाको अध्यक्षता , महासचिव नवराज पहाड़ीको संचालनमा सम्पन्न बैठकले आगामी बिभिन्न खाकाहरु समेत तय गरेको छ ।