सनिश्चवार पनि गाउँमै सेबा दिदै मालारानी गाउँपालिका


सुर्य भुसाल 
 माघ ५ मालारानी –  मालारानी गाउँपालिका अर्घाखाँचीले जनताको सेवालाई मध्यनजर गर्दै घरदैलो अभियान लिएर सनिश्चवार पनि  जनताको माझमा पुगेर सेवा  दिएको  गाउँपालिका अध्यक्ष बालकृष्ण आचर्यले  बताउनु भयो ।
गाउँपालिकाका सबै वार्डहरुमा पुगेर योजनाहरुको उपभोक्ता हरुसँग  सम्झौता गर्ने बैकिङ खाताहरु खोल्ने  काम मालारानिको साबिक हसपुर बामरुकमा सम्पन्न गरिएको  अध्यक्ष अाचर्यले बताउनु भयो  ।
सबै गाउँपालिकाबाट हुने सबै सेबा सुविधाहरु  सनिश्चवार  पनि  घरदैलो अभियान  सन्चालन गरिएको र जनता निकै खुसि भएको महसुस अाफुहरुले गरेको प्रमुख प्रसासकिय अधिकृत खगेन्द्र मरासिनिले बताउनु भयो ।
नेपाल सरकारको नीति अनुसार सिहदरबारको अधिकार गाउटोटमा पुराउने उदेश्य अनुरुप अाफुहरुले घर दैलो अभियान सुरु गरेको  र त्यसबाट जनताहरु निकै उत्साहित भएको प्रमुख प्रसासकिय अधिकृत मरासिनीले बताउनु भयो ।
गाउँपालिकाले गरेको यस्तो निर्यणले  जनताहरुलाई  राहतको महसुस भएको छ ।
मालारानिले अहिले सम्म ९५ प्रतिसत योजनाका कामहरु सम्झौता गरिसकेको छ । घरदैलो अभियानमा मेगा बैकले सहयोग गरेको समेत प्रमुख प्रसासकिय अधिकृत मरासिनीले बताउनु भयो । घरदैलोमा प्रमुख प्रसासकिय अधिकृत मरासिनि  योजना अधिकृत नेत्र खनाल कार्यलयमा कर्मचारीहरु वार्ड अध्यक्ष  खडक भुसाल लगाएतका जनप्रतिनिधिहरुको सहभागीता रहेको थियोे ।

अन्य समाचारहरु