पालीमा लालपुर्जा बितरण कार्यक्रम सम्पन्न (तस्बिर सहित)

सुर्य भुसाल 
पाली, अर्घाखाँची  । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर ८ पालीमा लालपुर्जा बितरण कार्यक्रम सम्पन्न भएको छ ।
बिशेष नापी कार्यालय अर्घाखाँचीको आयोजनामा डिजिटल प्रबिधिबाट नाप नक्सा गरिएको जग्गाहरुको जग्गाधनि लालपुर्जा एक भब्य समारोहबीच प्रदेस सभाका सासद रामजी प्रसाद घिमिरेले बितरणको सुभारम्भ गर्नु भएको हो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्मा पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतम उपाध्यक्ष लक्ष्मि गौतम निमित्त प्रमुख जिल्ला अधिकारी बिस्नु बेल्बासे  प्रहरी नायब उपरीक्षक नबराज मल्ल बिशेश नापि कार्यलयका प्रमुख खिम राना नेकपाका नेता जिबनारायण कोईराला नेता कुटमदिन मिया नेपाली काङ्ग्रेसका ईन्सु मिया नयाँ शक्ति पाटिका नेता राजु नेपाली विवेकसिल साझाका हरि भुसाल  बिशेष नापिका क्याम्प प्रमुख  कबि सिंह कठाएत लगाएतले शुभकामना मन्तब्य राख्दै बिशेष नापी कार्यलयका प्रमुख लगाएतका पदाधिकारीहरुले निकै राम्रो काम गरेको र समयमा नापनम्सा गरेको भन्दै खुलेर प्रसम्सा गरेका थिए ।
बिशेषमा खिम राना आएपछि कामले दुर्त रुप लिएको छ । गाउँलेहरुले अतिथिहरुलाई भब्य स्वागत गरेका थिए ।

अन्य समाचारहरु