राम बहादुर नेपाली
बुटवल (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ६ जुकेना स्थित गल्ढुङगका एक युवा बेपत्ता भएका छन् ।
बुटवलबाट भारतको दिल्ली भनी हिंडेका जुकेना स्थित गल्ढुङगका सुरेन्द्र बहादुर गेलाङका ३२ वर्षिय छोरा मधु थापा भन्ने हुम बहादुर गेलाङ गत पुष ३० गते देखि बेपत्ता भएका हुन् ।
बुटवलमा श्रीमतीलाई घर पठाएर आफु दिल्ली जान हिडेका र गाडीमा बसेर ल म गाडी चढे भनेर फोन राखेका मधु अहिलेसम्म संपर्कमा आएका छैनन् ।
लामो समयसम्म फेला नपरेपछि परिवारले प्रहरी, प्रशासनलाई खोजिदिन अनुरोध गरेका छन् ।