अर्घातोषमा विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीद्धारा सांगठनिक सुदृढ अभियानलाई तिब्रता

अर्घाखाँचीडट्कम संवाददाता 
अर्घातोष, अर्घाखाँची माघ ५ (अर्घाखाँचीडट्कम) ।  विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी अर्घाखाँची र गुल्मीले केन्द्रिय समितिको घोषित कार्यक्रममा अनुसार मालारानी गाँउपालिकाको वडा न २ अर्घातोष डाँडाकटेरीमा संगठन सृढृण तथा विस्तार अभियानलाई तीब्रताका साथ अगाडि बढाएको छ । 
कार्यक्रममा मन्तब्य राख्र्दै केन्द्रिय सदस्य सन्देश पौडेलले जनताको सपनालाई अधुरो राखी भ्रष्टाचार तस्कर गरी चिल्ला गाडीमा चढ्नेको फाइल खडा गरी जनताको बीचबाट कार्यबाही गरिने बताउनुभयो । 
अभियानमा भेटघाट, अन्तरक्रिया र वालपेन्टिङ्ग लगायतका कार्यहरु गरीने मालारानी गाँउपालिका इन्चार्ज बालकृष्ण भलामीले बताउनुभयो । 
अभियानमा नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज कमल केसी, गुल्मीका जिल्ला इन्चार्ज पूर्ण बहादुर सिंह ,सेक्रेटरी खेम खड्का, जनसरकार प्रमुख प्रशान्त बराल, लुम्बिनी व्युरो सदस्य सुनिल चौधरी , सामना , लगायत जिल्ला स्तरीय नेताको अभियानमा सहभागिता रहेकोे छ ।

अन्य समाचारहरु