फाइल तस्बिर
श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) माघ ५ । नयाँ शक्ति पार्टी नेपाल अर्घाखाँचीले ५ महिना ५ काम ५ परिणामको अभियानलाई तिब्रता दिएको छ. ।
यसै अनुसार पार्टीले सनिबार सन्धिखर्क नगरपालिका स्तरीय युबा शक्ति नेपालको गठन गरेको हो । रेशम थापाको संयोजकत्वमा गठीत समितिको सदस्यहरुमा माधब थापा,शिब थापा,कृष्ण थापा,कृष्ण आचार्य,लालकृष्ण भट्टराई,सुधन बोहरा र बिकाश केसी रहनुभएको छ ।
कार्यक्रममा पार्टीका संघिय परीषद सदस्य टोपबहादुर बलाल,कार्यलय सचीव पुस्करनाथ आचार्य,महिला संयोजक रमा आचार्य,टुकबहादुर चेवाली,पुर्ण श्रेष्ठ,लगायतको आतिथ्यता रहेको थियो । भेलाले ५ महिना ५ काम र ५ परीणाम अभियानलाई केन्द्रीय कार्यक्रम अनुसार सन्चालन गर्ने निर्णय समेत गरेको छ ।